संसद पुनस्थापना,संविघान र लोकन्तत्रको रक्षाको लागि शनिवार धादिङबेसीमा एमालेको शक्ति प्रदर्शन

धादिङ,३० कार्तिक
संविधान र लोकतन्त्रको रक्षा तथा संसद पुनस्थापनाको लागि नेकपा एमाले धादिङले शनिबार धादिङबेसीमा जनप्रदर्शन गरेको छ । एमालेले देशभर जनप्रदर्शन गरिरहँदा एमालेले धादिङमा शक्ति प्रदर्शन गरेको हो ।प्रदर्शनपछि भएको जनसभालाई एमालेका पोलिटव्युरो सदस्य खिमलाल भट्टराई, केन्द्रिय सदस्य एवं् धादिङ जिल्ला इन्चार्ज खेम प्रसाद लोहनी, जिल्ला अध्यक्ष भुमि प्रसाद त्रिपाठी, उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली), सचिव राधिका सापकोटाले सम्बोधन गर्नुभयो ।
जनसभालाई सम्बोधन गर्नुहुँदै नेता भट्टराईले देशलाई सही बाटोमा हिँडाउन नेकपा एमाले मात्रै अहिलेको विकल्प रहेको दावी गर्नुभयो । असंवैधानिक तरिकाबाट गठन भएको सुशिला कार्की नेतृत्वको सरकारलाई संविधानले नचिन्ने उहाँले जिकिर गर्नुभयो ।त्यस्तै केन्द्रिय सदस्य एवं धादिङ इन्चार्ज खेम प्रसाद लोहनीले संविधानको रक्षाको लागि एमाले जतिबेला पनि तयार रहेको बताउनुभयो । ‘टापटिपे आवाराहरुले देश चलाइरहेको छ । यो खराव अवस्थालाई परिवर्तन गरेर जनताको शासन व्यवस्थालाई अगाडि ल्याउन एमाले विद्रोहमा निस्किरहेको छ’, उहाँले भन्नुभयो ।
सजसभालाई सम्बोधन गर्नुहुँदै एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले संविधान संशोधन संसद र प्रतिनिधिसभाले मात्रै गर्न सक्ने भएकोले प्रतिनिधिसभालाई व्युझाउन आवश्यक रहेको बताउनुभयो । चुनावमा जान वैधानिक सरकार बनाउन पनि भङ्ग भएको प्रतिनिधिसभा पुनस्थापना गरेर चुनावको मिति तोक्नुपर्ने दावी गर्नुभयो ।जेलबाट भागेका अपराधिहरुको हातमा प्रहरीसँग लुटिएको गोलीगठ्ठाहरु फिर्ता गराएर अपराधिहरुलाई कारबाही गरी दलका नेता कार्यकर्ता जनता र मतदाता माझ जानसक्ने वातावरण सिर्जना गर्नुपर्ने एमाले धादिङका उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ गोर्खालीले बताउनुभयो । यो सरकारले आतंकलाई प्रसय दिएर दलहरुलाई वेवास्था गरिरहेको उहाँले जिकिर गर्नुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २०, सोमबार १४:२७विश्वमेध महायज्ञको तयारी अन्तिम चरणमा
कला, विचार/मनोरञ्जन२०८२ माघ २०, सोमबार ११:१९पूर्वी नेपालमा ‘कुमारी’मय माहौल: केहरको गीत र अबिषेक र आकृतिको नृत्यमा झुम्यो पूर्व, गृह नगरमा भावुक बने अबिषेक
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २०, सोमबार १०:५०अधिकांशमा आँखाको समस्या « रिपोर्टर्स नेपाल
खेलकुद२०८२ माघ २०, सोमबार ०८:१७पाकिस्तानले भारतसँग टी–२० विश्वकप नखेल्ने








