ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने

धादिङ,३० कार्तिक
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ को ससाहडाँडा निवुवावाँरी सामुदायिक वन उपभोक्ता समुहले आफ्ना सबै सदस्य घर परिवारको पारिवारिक स्वास्थ बिमा गरिदिने निर्णय गरेको छ । संस्थाको शनिवार हटियामा सम्पन्न भएको बार्षिक साधारण सभाले सबै सदस्यहरुको स्वास्थ्य विमा गरिदिने निर्णय गरेको हो ।
वि. स. २०५० सालमा जिल्ला कै पहिलो सामुदायिक वनको रुपमा तत्कालिन हेटौडा डिभिजन वन कार्यालयबाट समुदायलाई हस्तान्तरण भएको सामुदायिक वन १२४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । स्थापक अध्यक्ष स्वर्गीय सोमनाथ ढुङ्गानाको अगुवाईमा स्थापना भएको सामुदायिक वनमा हाल २५० घर परिवार सदस्य रहेका छन । साधारणसभामा सचिव लक्ष्मी श्रेष्ठ वार्षिक प्रगती प्रतिवेदन, कोषाध्यक्ष कल्पना वि क ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सभाले पारिवारिक स्वास्थ विमा सङ्गै माझगल्छी क्षेत्रमा पर्यटन कार्यक्रम संचालन गर्ने निर्णय लिएको छ । कार्यक्रम सामुदायिक वन समुहको अध्यक्ष सुजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा नीलकण्ठ नगरपालिका प्रवक्ता एव वडा ८ का अध्यक्ष प्रकाशकुमार श्रेष्ठको प्रमुख आतिथ्यता, नीलकण्ठ रेन्जपोस्टका सीता दर्जी, नीलकण्ठ ८ नेपाली काङ्ग्रेस सभापति हेमराज श्रेष्ठ, अनन्त आशा नेपालका कार्यक्रम संयोजक ध्रुवराज ज्ञवाली लागायत निर्वतमान अध्यक्ष र स्थानीय बुद्दिजिवी समाजसेवीहरुको उपस्थित रहेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ मंसिर ४, बुधबार २२:१५प्युठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ४, बुधबार २१:०२‘पीआर’को अन्तर्राष्ट्रिय प्रदर्शन तयारीका लागि निर्देशक बस्नेत अष्ट्रेलिया प्रस्थान
समाचार२०८२ मंसिर ४, बुधबार २०:२९अन्तर्राष्ट्रिय धादिङ समाजमा डा. अर्याल, गौतम र भण्डारीलाई नयाँ जिम्मेवारी
समाचार२०८२ मंसिर ४, बुधबार १७:४५बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत







