आयरा रुवालीको जन्मदिनमा त्रिपुरासुन्दरी भजन समुहलाई भजन सामाग्री सहयोग

आयरा रुवालीको जन्मदिनमा त्रिपुरासुन्दरी भजन समुहलाई भजन सामाग्री सहयोग

धादिङ,कात्तिक ०४ गते ।
अमेरिका निवासी आयरा रुवालीको जन्म दिनको अवसरमा भजन सामाग्री सहयोग गरिएको छ । धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष तथा समाजसेवी टंक बहादुर रुवाली र हजुरआमा ज्ञान रुवालीको तर्फबाट नातिनी आयरा रुवालीको जन्मदिनको अवसरमा भजन सामाग्री सहयोग गर्नुभएको हो ।

नेपाली संस्कृति जर्गेना गर्न र जन्मदिनको उपलक्ष्यमा गरिने खर्च सामाजिक र धार्मिक कार्यमा सहयोग गर्ने परम्पराको सूरुवात गर्न सहयोग गरीएको टक बहादुर रुवालीले जानकारी दिनुभयो ।

गाउँपालिकाको पुरानो भजन समुह त्रिपुरासुन्दरी भजन समुहलाई १२ वटा खैंचडी, झुर्मा, कर्तल, मादल र सामान राख्ने बाकस सहयोग गर्नुभएको हो । नातिनी आयराको सुस्वास्थ्य तथा दिर्घायुको कामना सहित त्रिपुरासुन्दरी भगवती भजन टोलीलाई सहयोग गरिएको हो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   2   =  

Protected by Spam Master