क्षतिग्रस्त ट्राफिक कन्ट्रोल रुमको पुनःर्निर्माणका लागि समाजसेवी लोक दाहालद्वारा एक लाख सहयोग

धादिङ,१० मंसिर
समाजसेवी,सफल व्यवसायी तथा एनआरएनए आईसीसीका उपाध्यक्ष लोक प्रसाद दाहालले क्षतीग्रस्त ट्राफिक कन्ट्रोल रुमको पुनःनिर्माणको लागि आर्थिक सहयोग गर्नुभएको छ । धादिङको बुढाथुममा जन्मिएर हाल बेल्जियममा व्यवसाय गर्दै आउनु भएको दाहाले पुनःनिर्माण कोषमा नगद एक लाख सहयोग गर्नुभएको हो ।कन्ट्रोल रुमको निर्माणमा सहयोग गर्नुभएको प्रति ट्राफिक प्रहरी महाशाखाले धन्यवाद व्यक्त गरेको छ । कन्ट्रोल रुम पुनर्निर्माणपछि दैनिक रूपमा हजारौं सवारी साधन आवागमन हुने क्षेत्रमा ट्राफिक व्यवस्थापन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
समाजसेवी दाहालले नेपालको विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहनुभएको छ । नेपालका अनाथलय, दुर्गम विद्यालय, बाढि पिडित,स्वास्थ्य तथा खेलकुदको क्षेत्रमा पनि आर्थिक सहयोग गर्दै आउनु भएको छ ।दाहालले नेपालमा मात्र नभएर युरोप लगायत अफ्रिका देशमा पनि सामाजिक काम गर्दै आईरहनुभएको छ । देशलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु एक नागरिकको कर्तव्य भएको भन्दै उहाँले मातृभुमीको सहयोगको लागि आफु सधै तयार रहेको बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:४२सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी
खेलकुद२०८३ जेष्ठ १२, मंगलवार १३:३८प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार १०:४१चलचित्र ‘कुम्भ’ को एक्सन प्याक ट्रेलर सार्वजनिक
खेलकुद२०८३ जेष्ठ ११, सोमबार २३:१०पलेशाले दिलाइन् नेपाललाई कास्य









