सविता सिंह ठकुरी : हाम्रो दैनिक व्यस्त जीवनयापनको कारणले गर्दा हाम्रो स्वास्थ्यलाई विशेष समय दिन सकिरहेका छैनौं । जसले गर्दा हाम्रो स्वास्थ्य झन् खराब र कमजोर हुँदै गईरहेको हुन्छ । अल्छीपनले गर्दा मोटोपन बढ्ने र इम्युन सिस्टम कमजोर हुँदै जाने समस्या बढ्दो छ । अहिलेको ब्यस्ततासँगै मानिसहरुको तौल बढ्ने समस्या पनि बढ्दो छ । मानिसहरु तौल घटाउन चाहन्छन् तर कुनै कसरत तथा ब्यायम नै नगरी । दैनिक व्यायाम गर्नुको स्वास्थ्यको लागि एकदमै फलदायी हुन्छ ।

हाम्रो भान्सामा अनेकौँ प्रकारका मसलाहरु हुन्छन् । जसले हाम्रो खानालाई स्वाद बढाउनुको साथै हाम्रो स्वास्थ्यलाई फाइदा पु¥याइरहेका हुन्छन् । जसमध्ये जीरा र मेथीले निकै फाइदा गर्दछ । जीरामा भिटामिन सी, के, बी१,२,३ राम्रो मात्रामा पाइन्छ भने, मेथीमा प्रोटिन, फ्याट, कार्बोहाइट्रेट र फाइबर पाइन्छ । जीरा र मेथी भिजाएको पानी खानाले पेटसम्बन्धि समस्याहरु नियन्त्रण गर्नुका साथै तौल घटाउन मद्दत गर्दछ । जीरा र मेथीलाई रातीको समयमा दुई चम्चा जीरा र दुई चम्चा मेथी पानीमा भिजाई बिहानको समयमा खालीपेट त्यसको पानी पिउनुपर्दछ ।
१. जीरा र मेथीको पानी नियमित पिउनाले पेटसम्बन्धी समस्या नियन्त्रण गर्नुको साथै पेटमा रहेको विषाक्त पदार्थलाई बाहिर निकाल्नमा मद्दत गर्दछ ।
२. खाली पेटमा जीरा र मेथीको पानी पिउनाले कब्जियत हुनबाट बचाउछ ।
३. जीराको पानी नियमित पिउनाले शरीरमा इलेक्ट्रोलाइट सन्तुलन राख्न मद्दत गर्दछ ।
४. जीरा र मेथीको पानीले अपच भएको बेलामा फाइदा गर्दछ ।
५. जीरा र मेथीको दैनिक प्रयोगले तौल कम गर्न मद्दत गर्दछ ।
६. यसको प्रयोगले छालामा हुने संक्रमण नियन्त्रण गर्नुको साथै अनुहारमा चमक ल्याउदछ ।
७. मेथीको पानीले मधुमेह नियन्त्रण गर्न मद्दत गर्दछ ।
८. जीरा र मेथीको पानी पिउनाले आन्द्राको समस्याबाट छुटकारा मिल्दछ ।
९. मेथीको प्रयोगले कोलेस्टेरोल कम गर्न मद्दत गर्दछ र मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
१०. खाना खानुभन्दा पहिले मथीको दाना चपाउनाले मुटुमा हुने जलन हटाउन मद्दत गर्दछ ।
११. मेथीलाई भिजाएर त्यसको पानी वा दाना खानाले सुगर कम गर्न मद्दत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *