विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज पाेखरामा खुल्देै

विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज पाेखरामा खुल्देै

पोखरा ।
इन्नोभेटिभ नेपाल ग्रुप (आइएनजी) ले पोखरामा विश्वस्तरको आईटी कलेज सञ्चालनमा ल्याएको छ । समूहले पोखरामा ‘फिस्टेल माउन्टेन कलेज’ स्थापना गरेको हो । यो कलेजले बेलायतको प्रतिष्ठित उल्भरह्याम्पटन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ ।

अब पोखराका विद्यार्थीले घरमै बसेर बेलायती डिग्री हासिल गर्न पाउनेछन् । कलेज पोखरा–१७ स्थित मुस्ताङचोकमा रहनेछ । यहाँ सूचना प्रविधि र साइबर सुरक्षा विषयमा स्नातक तहको पढाइ हुनेछ । कलेजले आगामी शैक्षिक सत्रदेखि नै विद्यार्थी भर्ना लिने तयारी थालेको छ ।

यो कलेज स्थापना हुनुको मुख्य उद्देश्य पोखरालाई आईटी हबका रूपमा विकास गर्नु हो । आइएनजीले स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ । उत्पादित

जनशक्तिलाई नेपालमै रोजगारीको अवसर दिने योजना पनि समूहको छ । समूहका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले यसको औपचारिक जानकारी दिएका हुन् । उनले काठमाडौंमा सीमित रहेको आईटी शिक्षालाई अब पोखरामा विस्तार गरेको बताए । पोखरा पर्यटकीय सहर मात्र नभई अब प्रविधिको गन्तव्य पनि बन्ने उनको विश्वास छ ।

मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कलेजको घोषणा गरिएको हो । कार्यक्रम ‘पोखराको नवयुग’ शीर्षकमा सम्पन्न भयो । यहाँको पढाइ बेलायतको सिकाइ शैलीमा आधारित हुनेछ ।

तीन वर्षे कोर्षको संरचना बेलायती मापदण्डअनुसार तयार पारिएको छ । पहिलो वर्ष विद्यार्थीले लेभल ४ को अध्ययन गर्नेछन् । दोस्रो वर्ष लेभल ५ र तेस्रो वर्ष लेभल ६ को पढाइ हुनेछ । यो कोर्ष पूरा गर्न विद्यार्थीलाई करिब ८ लाख रुपैयाँ लाग्नेछ । पाठ्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), मेसिन लर्निङ, बिग डाटा र क्लाउड कम्प्युटिङजस्ता अत्याधुनिक विषय समेटिएका छन् ।

कलेजले विद्यार्थीलाई पढाइसँगै रोजगारीको ग्यारेन्टी पनि गरेको छ । अध्यक्ष बुढाथोकीले एक वर्षभित्र पोखरामै कम्तीमा एउटा प्रविधि कम्पनी खोल्ने प्रतिबद्धता जनाए । यसले विद्यार्थीलाई पढ्दै काम गर्ने वातावरण मिलाउनेछ ।

यो पनि पढ्नुहोस् :  एसइई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई चिल्ड्रेनपार्क आवासीय माविद्वारा सम्मान

उनले भने, ‘हामी जनशक्ति उत्पादन मात्र गर्दैनौं, उनीहरूलाई स्वदेशमै काम पनि दिलाउँछौँ ।’ नेपालमा आईटी क्षेत्रले फड्को मारिरहँदा जनशक्ति अभाव हुन नदिने उनको योजना छ । विद्यार्थीले अब विदेश जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ । उनीहरूले पोखरामै बसेर अन्तर्राष्ट्रिय कम्पनीका लागि काम गर्न सक्नेछन् ।

आइएनजीअन्तर्गतको भैरव टेकले यसअघि नै आफ्नो क्षमता प्रमाणित गरिसकेको छ । यो कम्पनीले पेरिस ओलम्पिक्स २०२४ मा साइबर सुरक्षा प्रदान गरेको थियो । यसले नेपाली युवाको सीप विश्वस्तरको भएको पुष्टि गर्छ । अब पोखराका विद्यार्थीले पनि यस्तै विश्वव्यापी अवसर पाउनेछन् ।

कार्यक्रममा ‘ग्लोबल एआई टिम’ निर्माण गर्ने घोषणा पनि गरियो । यस योजनाले नेपाली इन्जिनियरलाई ठूला विदेशी परियोजनामा जोड्नेछ । साथै, बेलायतमा दर्ता भएको नयाँ साइबर सुरक्षा कम्पनी पनि सञ्चालनमा आउनेछ । यसको नेतृत्व भैरव टेकका सदस्यहरूले नै गर्नेछन् ।

कलेज सञ्चालनले पोखराको शैक्षिक क्षेत्रमा नयाँ आयाम थपिने विश्वास लिइएको छ । समूहका उपाध्यक्ष प्रकाश श्रेष्ठले चाँडै भर्ना प्रक्रिया सुरु हुने जानकारी दिए । उनले भने, ‘काठमाडौंमा चलेको आईटी इकोसिस्टम अब पोखरामा पनि चल्नेछ ।’ पोखराले आईटी क्षेत्रमा फरक पहिचान बनाउने अवसर आएको उनले बताए ।

यहाँबाट उत्पादित विद्यार्थी एआई इन्जिनियर, मेसिन विज्ञ, सिस्टम डेभलपर तथा सफ्टवेयर आर्किटेक्ट बन्न सक्नेछन् । कलेजले ‘सुपर फोकस्ड’ आईटी कलेजका रूपमा आफूलाई चिनाउने लक्ष्य लिएको छ ।

नयाँ लोगो अनावरण गर्दै कलेजले भविष्यका टेक नेतृत्वकर्ता उत्पादन गर्ने संकल्प गरेको छ ।बुढाथाेकीले नेपालमा अन्तर्राष्ट्रिय तहको शिक्षा औपचारिक रुपमा भित्र्याएको नै आइनजी समूहले हो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20100, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   4   =