उद्योग वाणिज्य महासंघ र कलाकारबीच मैत्रीपूर्ण फ़ुटसल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चलचित्र कलाकार संघबीच काठमाडौंमा मैत्रीपूर्ण फ़ुटसल खेल सम्पन्न भएको छ। महासंघको खेलकुद तथा मनोरञ्जन फोरमद्वारा आयोजना र कलाकार संघद्वारा संयोजन गरिएको उक्त मैत्रीपूर्ण खेलमा दुवै संस्थाका प्रतिनिधिहरू सक्रिय रूपले सहभागी भएका थिए। खेलको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले यस्ता मैत्रीपूर्ण खेलहरूले आपसी सम्बन्ध, समन्वय तथा सहकार्यलाई मजबुत बनाउने बताएका थिए। उनका अनुसार संस्था–संस्थाबीच शान्ति, समझदारी र सकारात्मक उर्जा साटासाट गर्न यस्ता गतिविधि महत्त्वपूर्ण हुने भएकाले कलाकार संघसँगको सहकार्यमा आयोजना गरिएको फुत्सल खेल उदाहरणीय कदम हो।
खेलमा महासंघतर्फबाट अध्यक्ष ढकालसहित उपाध्यक्षहरू तथा पदाधिकारीहरूको उपस्थिति थियो भने कलाकार संघतर्फबाट कप्तान शिव श्रेष्ठ, धिरेन शाक्य, अध्यक्ष मोहन निरौला, पूर्व अध्यक्ष रविन्द्र खड्का, राजकुमार राई, चलचित्र पत्रकार समिर बलामी, प्राविधिक पुष्कर लामा, निर्देशक जनकदीप पराजुली, हाल सञ्चालक गोपाल काजी कायस्थ, चक्रबहादुर चन्द, गजित बिष्ट, राजिव मानन्धर, राज कटुवाल, अस्मिता रनपाल, पवित्रा आचार्य, रोशन श्रेष्ठ, रोहित रुम्बा, डीबी आले, सुगम कटुवाल, अंकृष्ट प्रधान, सुनिल कटुवाललगायत अन्य कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
मैत्रीपूर्ण रूपमा खेलिएका तीन खेलमध्ये दुई खेल बराबरीमा टुंगिएका थिए भने तेस्रो तथा अन्तिम खेलमा महासंघले कलाकार टोलीलाई ७–४ को अन्तरले पराजित गर्दै जित हात पारेको थियो। कलाकारतर्फबाट सुगम कटुवालले उत्कृष्ट प्रदर्शन गर्दै ३ गोल गरे भने अस्मिता रनपालले १ गोलको योगदान दिए। खेलको आयोजना महासंघको खेलकुद तथा मनोरञ्जन फोरमका सभापति हरि बहादुर कार्कीको सभापतित्वमा गरिएको थियो भने कलाकार संघतर्फबाट कोषाध्यक्ष सुनिल कटुवालले संयोजन गरेका थिए।
मैत्रीपूर्ण फुत्सलले आपसी भाइचारा, मित्रता, सद्भाव र सहकार्यलाई अझ प्रगाढ बनाएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए। यस्तो खेलकुदले दुई संस्थाबीच सकारात्मक ऊर्जा आदान–प्रदान गर्ने सुनौलो अवसर सिर्जना गरेको उनको भनाइ छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:१३‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:०१‘ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०७:४४ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
समाचार२०८३ असार २८, आईतवार १९:०९धादिङबेसीमा सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धी छलफल









