प्रस्तावित विधेयकमा चलचित्रकर्मीको असन्तुष्टि

काठमाडौँ, २१ असोज । ‘चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा २०८०’ का केही बुँदाहरूमा असहमति रहेको चलचित्रसँग सम्बन्धित सङ्घसंस्थाले निष्कर्ष निकालेका छन् ।
नेपाल चलचित्र निर्माता सङ्घको नेतृत्वमा चलचित्र निर्देशक समाज, चलचित्र सङ्घ, कलाकार सङ्घ, प्राविधिक सङ्घलगायत आठ संस्थाले प्रस्तावित विधेयकमा रहेका त्रुटि र असहमतिका विषयमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको ध्यानाकर्षण गराउँदै आफ्नो असहमतिबारे जानकारी गराएका छन् ।
प्रस्तावित विधेयकलाई स्वीकार गर्न नसकिने निष्कर्षसहित असहमतिका बारेमा जानकारी गराइएको निर्माता सङ्घका अध्यक्ष नवल खड्काले बताए । “चलचित्रकर्मीको सहमति, सहभागिता, भावना र पेसागत सुरक्षाको प्रत्याभूतिबिना परिकल्पना गरिएको यो विधेयक अघि नबढाउन माग गरेका हौँ”, उनले भने, “बोर्डको स्वायत्ता भन्दा बाहिर गएर बनाइएको विधेयकले चलचित्र क्षेत्रलाई कुनै फाइदा पुग्दैन ।”
आफ्नो असहमतिका विषयमा जानकारी गराइएपछि सकारात्मक संवाद भएको कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । उनले भने, “छलफल र कुराकानी सकारात्मक भएको छ । हामीले असहमति जनाएको विषय सम्बोधन हुनेमा आशावादी छौँ ।” चलचित्र विकास बोर्डले विधेयकको मस्यौदा वेबसाइटबाट सार्वजनिक गर्दै सुझावसमेत मागेको थियो । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै









