‘विकास पत्रकारिता र कृत्रिम बौद्धिकता (एआई) को प्रयोग’ सम्बन्धी तालिम सम्पन्न

‘विकास पत्रकारिता र कृत्रिम बौद्धिकता (एआई) को प्रयोग’ सम्बन्धी तालिम सम्पन्न

धादिङ, १८ मङ्सिर ।
धादिङमा ‘विकास पत्रकारिता र कृत्रिम बौद्धिकता (एआई) को प्रयोग’ सम्बन्धी तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महांसघ धादिङ शाखाको आयोजनामा बेनीघाट रोराङ गाउँपालिकाको वडा नं ८ चैलिङमा संचालित तिन दिने तालिम सम्पन्न भएको हो ।

सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने र एआईको प्रयोगद्वारा पत्रकारिता क्षेत्रलाई थप अब्बल बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको महासंघका अध्यक्ष सिताराम अधिकारीले बताउनुभयो । “पत्रकारहरूले एआईको सहायताले अझ आकर्षक र तथ्य आधारित ढंगले प्रस्तुत गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो,” अध्यक्ष अधिकारीले भन्नुभयो । उहाँले एआईलाई पूर्ण भरपर्दो स्रोत नभई सहायक सामग्रीका रूपमा प्रयोग गर्न सकिने बताउनुभयो ।

तालिममा धादिङ जिल्लाभित्र रहेर विभिन्न संचारमाध्यममा कार्यरत २८ जना पत्रकारहरुको सहभागीता रहेको थियो । तालिममा गोरखापत्रका उपसम्पादक अजय शर्माले कृत्रिम बौद्धिकता (एआई)को प्रयोगबारे प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवम् सार्वजनिक प्रसारण सेवा संस्थाका कार्यकारी प्रमुख डा.महेन्द्र विष्टले विकास पत्रकारिता सम्बन्धि प्रशिक्षण गर्नुभएको थियो ।

बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले एआई जस्ता आधुनिक प्रविधिले पत्रकारितामा नयाँ सम्भावना खोलिदिएको बताएका छन् । “एआईले पत्रकारिता सहज मात्रै होइन, जिम्मेवारी पनि बढाउँछ” उहाँले भने, “अहिले प्रविधिको युग हो । प्रविधिको उचित प्रयोग गर्न सके हाम्रो दैनिकी सहज बन्छ । यस्तो तालिमले तथ्यपरक र विश्वसनीय सूचना प्रवाहमा मद्दत पुग्नेछ । धादिङको सिङ्गो पत्रकारिता जगतमा टेवा पुग्ने छ । ”

त्यसैगरी गाउँपालिका अध्यक्ष टाप बहादुर श्रेष्ठले स्थानीय विकास र पर्यटन प्रवद्र्धनमा पत्रकारहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले वेनिघाट रोराङ गाउँपालिकाको सहयोगमा तालिम संचालन गरेको हो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   8   =  

Protected by Spam Master