नेसनल प्याव्सन भक्तपुरको “स्पोट्र्स ईभेन्ट–२०८२” सम्पन्न

भक्तपुर, २० मंसिर । नेसनल प्याव्सन भक्तपुरको आयोजनामा अन्तर विद्यालय खेलकूद प्रतियोगिता–२०८२ यहि मंसिर १५ गते सुरु भई १८ गते जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राजु थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । नेसनल प्याव्सन भक्तपुरले यस वर्ष गरेको माध्यमिक तहको छात्र फुटसल प्रतियोगितामा यूनिटी स्कुल विजेता बनेको थियो भने द्धितीय स्थान ऋतम्भरा पाठशाला, तृतीय स्थान ईडेन गार्डेन र सान्त्वना स्थान मदरल्याण्ड स्कुलले प्राप्त गरेको थियो ।
त्यसैगरि फेयर प्ले टिम आरक्षण नेसनल स्कुलले प्राप्त गरेको थियो । उत्कृष्ट खेलाडि यूनिटीका कुमार सुनारी मगर, उत्कृष्ट गोलकिपर ऋतम्भराका आशिष लुईटेल र सर्वाधिक गोलकर्ता ईडेनका विपिन खड्का भएका थिए । आधारभूत तहको छात्र फुटसल प्रतियोगितामा ईडेन गार्डेन स्कुल विजेता बनेको थियो भने द्धितीय स्थान पाथिभरा एकेडेमी, तृतीय स्थान मदरल्याण्ड स्कुल र सान्त्वना स्थान ऋतम्भरा पाठशालाले प्राप्त गरेको थियो । फेयर प्ले टिम जागृति विद्या सदनले साथै उत्कृष्ट खेलाडि र सर्वाधिक गोलकर्ता दुवैको उपाधि ईडेन गार्डेनका अनिश मगरले प्राप्त गर्न सफल भएका थिए भने उत्कृष्ट गोलकिपर पाथिभरा एकेडेमीका मल्लभ जगं थापाले जितेका थिए ।
प्रतियोगिताको अर्को खेल माध्यमिक तह छात्रा भलिबलमा ग्लीटर फ्यूचर स्कुल विजेता बन्न सफल भएको थियो । ऋतम्भरा पाठशाला द्धितीय, आरक्षण नेसनल एकेडेमी र ईडेन गार्डेन स्कुल दुवैले तृतीय स्थान हासिल गरेका थिए । साथै भलिबलमा फेयर प्ले टिम मदरल्याण्ड स्कुलले प्राप्त गरेको थियो ।
माध्यमिक तह छात्रा तर्फको व्याडमिन्टन प्रतियोगितामा आरक्षण नेसनल स्कुलकी सेलेस्टिना कार्की प्रथम, ऋतम्भरा पाठशालाकी अभि खत्री द्धितीय, मदरल्याण्ड स्कुलकी प्रतिज्ञा नेपाली र पाथिभरा एकेडेमीकी सजिना प्रधानागं तृतीय भएका थिए ! त्यसैगरी माध्यमिक तहको नै छात्र व्याडमिन्टन प्रतियोगितामा प्रथम स्थान ऋतम्भराको आशिष लुईटेल, द्धितीय स्थान पाथिभरा एकेडेमीको कृष्टोफ थापामगर, तृतीय स्थान ग्लीटर फ्यूचरको सोहित तामागं र आरक्षण नेसनल स्कुलको कसम कोइरालाले जित्न सफल भएका थिए । व्याडमिन्टनमा ईडेन गार्डेनको दिप्सन कार्की र जागृति विद्यासदनकी ह्यागंसिका राई दुवैले उदयमान खेलाडिको उपाधि प्राप्त गर्न सफल भएका थिए ।
प्रतियोगिताको अर्को खेल माध्यमिक तह टेबुल टेनिसमा पनि ऋतम्भरा पाठशाला कै आशिष लुईटेल विजेता भएका थिए । उपविजेता भने मदरल्याण्ड स्कुलका रविन भट्ट भएका थिए । यूनिटी स्कुलका समीर पुरी र जागृति स्कुलका उज्ज्वल कार्कीले तृतीय स्थान ओगट्न सफल भएका थिए । उदयमान खेलाडिको उपाधि ईडेन गार्डेनका अभिरल श्रेष्ठले जितेका थिए ।
नेसनल प्याव्सन भक्तपुरका कार्यसमिति सदस्य एवं खेलकूद मेलाका संयोजक अनिश राईले खेलकूद प्रतियोगितामा विद्यार्थी खेलाडिहरुको उत्साहजनक सहभागिता रहेको जानकारी दिदै “स्पोट्र्स ईभेन्ट–२०८२” सम्पन्न भएकोमा खुशि व्यक्त गरेका थिए । यस प्रकारको खेलकूद प्रतियोगिताले विद्यार्थीहरुलाई शारीरिक र मानसिक रुपमा दन्तुरुस्त राख्नुका साथै खेलप्रति रुचीले भविष्यमा राष्ट्रको लागि उत्कृष्ट खेलाडि तयार हुन सक्ने विश्वास व्यक्त गर्दै नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विजेता खेलाडि, सहभागि विद्यालय, खेल सम्पन्न गर्न सहयोग र साथ दिने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ७, सोमबार २०:४१नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित,व्यावहारिक र गुणस्तरीय : सञ्चार मन्त्रालय
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ७, सोमबार १९:००केकी अधिकारीको नयाँ फिल्म ‘स्टेशन’को शुभमुहूर्त, भदौ १९ मा रिलिज हुने
खेलकुद२०८३ बैशाख ७, सोमबार १८:०७युएई विरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै
सूचना-प्रविधि२०८३ बैशाख ७, सोमबार १२:०१अब अपाङ्ग पहुँचमैत्री सुविधा सरकारी ‘वेबसाइट’मा








