दोस्रो एभरेष्ट भेट्रान कप सुरु « रिपोर्टर्स नेपाल

बेलबारी, २३ मङ्सिर। मोरङको बेलबारी–१० भाउन्नेस्थित कोशी प्रदेशस्तरीय दोस्रो एभरेष्ट भेट्रान कप फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार भएको उद्घाटन खेलमा युनाइटेड भेट्रान क्लबको पहिलो विजयी भएको हो ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित दोस्रो एभे्रस्ट भेट्रान कप सोमबारदेखि सुरु भएको हो । एभे्रस्ट भेट्रान मोरङको आयोजनामा प्रस्तावित डाँगीहाट रङ्गशाला भाउन्नेमा प्रतियोगिता सुरु गरिएको छ ।
उद्घाटन खेल चन्द्रगढी भेट्रान क्लब र युनाइटेड भेट्रान क्लबबीच भएको खेलमा युनाइटेड विजयी भएको आयोजकले जनाएको छ । खेलको तेस्रौँ मिनेटमा युनाइटेडका महेन्द्र विश्वास खवासले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसकोलगत्तै खेलको आठौँ मिनेटमा युनाइटेडका तेजमान लिम्बूले दोस्रो गोल थप्दै टिमलाई बलियो बनाए ।
खेलको १६औँ मिनेटमा युनाइटेडका निराजन बस्नेतले तेस्रो गोल गरे । पुनः खवासले एक गोल थप्दै व्यक्तिगत रूपमा दोस्रो तथा टिमका लागि चौथो गोल गर्न सफल भए । खेलको ३३औँ मिनेटमा चन्द्रगढीका प्रेमकुमार लिम्बूले एक गोल फर्काउँदै टिमलाई खेलमा फर्किन खोजे पनि त्यहीँबाट खेलको गति फेरि युनाइटेडतर्फ मोडियो ।
दोस्रो हाफको ११औँ मिनेटमा युनाइटेडका खवासले आफ्नो तेस्रो अर्थात् ह्याट्रिक गोल गर्दै टिमको जीत पक्का गरे । उत्कृष्ट प्रदर्शनका आधारमा खवास म्यान अफ दि म्याच घोषित बनेका छन् । उक्त प्रतियोगितामा प्रदेशभरिका १० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष चरण गुरुङले बताएका छन् । रासस लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १२, शनिबार १५:१५बाल शल्य चिकित्सक संघको अध्यक्षमा थापा चयन, यस्तो बन्यो समिति…








