पर्यटनमा साझेदारीसँगै आशा र विश्वास जगाउँदै सकियो प्रवद्र्धन

पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले पोखराहुँदै बाग्लुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी सञ्चालित तीन दिने पर्यटन प्रवद्र्धन कार्यक्रम सकिएको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ आयोजित कार्यक्रममा संघ आवद्ध सदस्यसँगै पोखरामा कृयाशिल विभिन्न पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी, सञ्चारकर्मी सहितको टोली सहित मङसिर २४ गतेदेखि पोखराबाट ढोरपाटनसम्मको प्रवद्र्धनात्मक कार्यक्रममा निस्किएको संघका गण्डकी प्रदेश अध्यक्ष दुुर्गादत्त दाहालले जानकारी दिए ।
कार्यक्रमकै अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा बाग्लुङमा कास्की, बाग्लुुङ, म्याग्दी र पर्वतका यातायात सम्बद्ध व्यवसायी, चालक तथा सहचालकका लागि गरिएको अभिमुखीकरण तालिम यस क्षेत्रमा सुरक्षित एवम् गुुणस्तरीय यातायात सेवा सञ्चालनका लागि उपलब्धिपूर्ण बनेको उनले बताए ।
कार्यक्रमकै क्रममा बाग्लुुङ, बुर्तिवाङ र ढोरपाटन क्षेत्रका पर्यटन व्यवसायीसँग एक आपसमा पर्यटकीय साझेदारी बढाउने लगायतका विषयमा महत्वपूर्ण छलफलहरू भएको उनले जानकारी दिए ।
“पोखराबाट ढोरपाटनसम्म ठाउँ ठाउँमा बन्दै र स्तरोन्नति भैरहेका बाटोलाई चाँडो निर्माण सम्पन्न गर्नुुपर्ने देखिन्छ”, उनले भने, “बाटो व्यवस्थित हुन सकेमा पोखराबाट ठूलो संख्यामा पर्यटकहरूलाई ढोरपाटनसम्म पुु¥याउन सकिन्छ ।”
पर्यटकीय सम्भावना बोकेका ढोरपाटन जस्ता स्थलहरूको पर्यटकीय विकासका लागि प्रवद्र्धन जरुरी रहेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका बरिष्ठ अधिकृत युवराज गुुरुङले बताए । प्रवद्र्धनसँगै तत्तत् ठाउँका पर्यटन व्यवसायीको क्षमता अभिबृद्धि समेत हुनुपर्नेमा उनले जोड दिए ।
प्रवद्र्धन कार्यक्रमले पोखरा र ढोरपाटनको पर्यटकीय विकास र साझेदारीमा ठूलो आशा एवम् विश्वास जगाएको संघका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रविप्रसाद आचार्यले जानकारी दिए ।
“कार्यक्रमसँगै पोखरा–ढोरपाटनको पर्यटन प्रवद्र्धन र पर्यटकीय साझेदारीका लागि महत्वपूर्ण उपलब्धि हासिल भएको हामीले महसुस गरेका छौं”, उनले भने, “पर्यटन सम्बद्ध सबै पक्षको एकतावद्ध प्रयाससँगै व्यवसायी व्यवसायी बीचको एकापसमा समन्वय र साझेदारीबाट सबैले फाइदा लिन सकिन्छ ।”
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20251, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २८, मंगलवार २३:३२आहा ! रारा गाेल्डकप : आयाेजक सहारा क्लवकाे विजयी सुरुवात,गोर्खा इन्टरनेशनल फुटबल क्लब १-० ले पराजित
समाचार२०८२ माघ २८, मंगलवार १०:२७लेउवा संघको आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
समाचार२०८२ माघ २७, सोमबार ११:३४भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत
समाचार२०८२ माघ २६, आईतवार २०:४२मंगलबारदेखि शुरु हुने २५ ओैं आहा ! रारा पोखरा गोल्ड कपकाे तयारी पूरा, विजेताले १४ लाख पाउने






