नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक भएको बताउनुभएको छ ।
नेपाल–भारत उद्योग वाणिज्य सङ्घको ३१औँ स्थापना दिवसका अवसरमा शुक्रवार साँझ काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले नेपाल भारतबीच ऐतिहासिक, भौगोलिक र सांस्कृतिक सम्बन्ध रहेको बताउनुभयो । “नेपालको आयात र निर्यातको ठूलो बजार भारत हो, नेपालको अर्थतन्त्रमा भारतको ठूलो योगदान रहेको छ”, उहाँले भन्नुभयो ।
नेपाल भारत उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुनिल केसीले सङ्घले विगत तीन दशकदेखि नेपाल र भारतबीच व्यापार, व्यवसाय र लगानी अभिवृद्धिको क्षेत्रमा काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा उद्योग व्यापारमार्फत राम्रो कर तिर्ने सङ्घअन्तर्गतका कम्पनीलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको भूमिका विषयबारे अन्तरक्रिया गरिएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १२, शनिबार १५:१५बाल शल्य चिकित्सक संघको अध्यक्षमा थापा चयन, यस्तो बन्यो समिति…







