पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली

पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली

लेखनाथ । पात्रोमा पुस महिनालाई विवाहको लगन नभएको समय मानिन्छ। तर, पोखराको लेखनाथस्थित महोत्सव स्थलमा पुग्दा लाग्छ– यहाँ भव्य विवाह समारोह चलिरहेको छ। पञ्चेबाजाको घन्काइ, रङ्गीचङ्गी पहिरन र महिलाहरूको रमाइलो जमघटले साच्चिकै बिहेकै झल्को दिइरहेको छ। २१औं संस्करणको लेखनाथ महोत्सवले लोप हुँदै गएको मौलिक ‘रत्यौली’ संस्कृतिलाई मञ्चमा उतारेपछि यस्तो माहोल बनेको हो।
नेपाली समाजमा बेहुलाको घरमा गाइने यो परम्परागत संस्कृति पछिल्लो समय हराउँदै गएको छ। दुलाहा जन्ती गएपछि घरमा बलेको ‘शुभसूचक बत्ती’ कुर्दै महिलाहरूले सामूहिक रूपमा गाउने र नाच्ने गीत नै रत्यौली हो। जन्ती निस्किएदेखि दुलही लिएर घर नफर्किएसम्मको कथाव्यथा र रमाइलो यसमा समेटिन्छ। यही मौलिकतालाई नयाँ पुस्तामाझ चिनाउन महोत्सवमा रत्यौली गीत प्रतियोगिता नै आयोजना गरिएको छ।
वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुली रत्यौलीलाई जोगाउन महोत्सवले ठूलो गुन लगाएको बताउँछन्। ‘कुनै बेला रत्यौलीमा अश्लीलता हुन्छ भन्ने आरोप लाग्थ्यो,’ पराजुलीले भने, ‘तर पछिल्लो समय समाजमा पाच्य हुने शब्द समेटेर प्रस्तुति आउन थालेका छन्। यसले संरक्षणमा टेवा पुगेको छ।’

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका पूर्वअध्यक्ष शिवहरि ढुंगानाका अनुसार रत्यौली सुन्ने मात्र होइन, हेर्ने विधा पनि हो। यसमा महिलाहरूको मात्र सहभागिता हुन्छ। एकथरीले ताली बजाउँदै गीत गाउँछन् भने अर्कोथरीले अभिनय गर्छन्। ‘गीत गाउँदा एउटी महिला नर्तकी बन्छिन् भने अर्की महिला पुरुषको भेष (लुठो) मा सजिएर अभिनय गर्छिन्,’ ढुंगानाले भने, ‘यही लुठो र नर्तकीको अभिनयले रत्यौलीलाई रोचक बनाउँछ।’
महोत्सवको स्टेजमा नौमती बाजासहित रत्यौली घन्किँदा दर्शकहरू मन्त्रमुग्ध बनेका थिए। महिला विशेष कार्यक्रम संयोजक प्रतिक्षा रानाभाटले यो प्रतियोगिताले सिङ्गो लोक संस्कृतिको जगेर्ना गर्न सघाएको बताइन्।
महोत्सवको आकर्षणका रूपमा रहेको यो प्रतियोगिताका लागि पहिलो चरणबाट २० वटा समूह छनोट भएका छन्। शुक्रबार नमुना कृषक आमा समूह (पोखरा–२६), भरतपोखरी विश्वकर्मा समाज महिला (पोखरा–३३) र सरस्वती सामुदायिक महिला समूह (पोखरा–३३) ले आ–आफ्नो प्रस्तुति राखे। शनिबार गायत्री आमा समूह (पोखरा–३२) ले प्रस्तुति दिने तालिका छ।
रत्यौली र सांस्कृतिक प्रस्तुतिले महोत्सवमा दर्शकको भीड बढेको छ। प्रचारप्रसार संयोजक ध्रुवबाबु भट्टराईका अनुसार महोत्सवको दोस्रो दिन शुक्रबार मात्रै ११ हजार दर्शकले अवलोकन गरे। यस क्रममा करिब ४० लाख रुपैयाँबराबरको कारोबार भएको छ।
शुक्रबार रत्यौलीका अलावा विद्यालयस्तरीय कार्यक्रममा ५ वटा विद्यालयले प्रस्तुति दिएका थिए। सांस्कृतिक कार्यक्रमतर्फ घनश्याम रिजाल, कुमार पुन, कृष्णा गुरुङ, शिवहरि ढुंगाना, मञ्जु विक, केशव देवकोटा, गगन गुरुङ, अमृता हमाललगायतका कलाकारले दर्शकलाई भरपुर मनोरञ्जन दिए। साँझपख स्थानीय ब्यान्डको ‘लाइभ कन्सर्ट’ ले युवापुस्तालाई तताएको थियो।
शनिबारको महोत्सव अझ विशेष हुने आयोजकले जनाएको छ। कलाकार संयोजक भरतकुमार अधिकारीका अनुसार लोकदोहोरीतर्फ चर्चित गायक खुमन अधिकारी, मिरा पोख्रेल, शान्ता वर्देवा, मधु थापा मगर लगायतको प्रस्तुति रहनेछ। हास्यव्यंग्यतर्फ ‘गुन्द्रुके’ उपनामले चिनिने राजेन्द्र गिरीले हसाउनेछन् भने सुगम संगीततर्फ रचना रिमाल र डेभिड शंकरले सांगीतिक माहौल तताउनेछन्।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको यो मेला आगामी १४ पुससम्म चल्नेछ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20306, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ५, शुक्रबार १९:३६खेल पत्रकारलाई एआई तालिम
समाचार२०८३ असार ४, बिहीबार १३:४२फोहोर उठाउँदै भविष्य जोडेका महिलाहरु
समाचार२०८३ असार ३, बुधबार १७:४१पोखरामा ‘यामाहा फेस्ट’ सुरु, एक्सचेन्जमा विशेष अफर
समाचार२०८३ असार ३, बुधबार ०८:१३समुदायको पहलले जोगियो भुर्तेल आधारभूत विद्यालय