छैटौँ टाइगर कप भलिबलको तयारी सुरू, मुल आयोजकसहित उपसमिति गठन

पोखरा । ‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२’को मुल आयोजक र विभिन्न उपसमितिहरु गठन गरी तयारी सुरू भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यहि माघ ९ देखि १७ गते सम्म सञ्चालन हुने सो प्रतियोगिताको तयारी सुरू गरिएको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिएका हुन् । संस्थाको शुक्रबार सम्पन्न बैठकले अध्यक्ष शर्माको अध्यक्षतामा १०७ सदस्यिय मुलआयोजक समिति गठन गर्नुका साथै विभिन्न १४ उपसमिति गठन गरेको जनाएको छ ।
टाइगर ग्रुपले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितालाई ब्यवास्थित बनाउन अतिथी सत्कारको उपसमितिमा संस्थाका उपाध्यक्ष देबेन्द्र केसी र महासचिब प्रकाश बराललाई जिम्मेवारी दिएको छ भने आर्थिक उपसमितिमा कोषाध्यक्ष हरि कुमार श्रेष्ठले जिम्मेवारी पाएका छन् ।
सम्पन्न बैठकले मञ्च ब्यवस्थापनको उपसमितिको संयोजकमा रामकृष्ण ज्ञवाली, सचिवालयमा डिबी नेपाली, प्रचार प्रसारमा डिआर पोख्रेल, खेल मैदानमा खुम थापा, स्वयं सेवक एवं सुरक्षामा विरेन्द्र खडका, यातायातमा गोविन्द थापा मगर, प्राविधिकमा याम बहादुर गुरूङ, स्वास्थ्यमा शुक्रराज कंडेल, विदेश समन्वयमा धोज कुमार गुरूङ, सास्कृतिकमा राजु थापा, टिम समन्वय तथा ट्रफी, मेडलमा राज कुमार गुरूङ र आवाशमा शंकर गुरूङलाई संयोजक तोकिएको छ ।
टाइगर ग्रुपले गत मंसिर ५ गते नै प्रतियोगिताको संयोजकमा राजकुमार गुरूङ र सहसंयोजकमा डिआर पोख्रेललाई जिम्मेवारी सुम्पिएको थियो ।
छैटौ संस्करणको च्याम्पियन हुने टोलीले ६ लाख ६६ हजार ६६६ नगद प्राप्त गर्ने छन् भने उपविजेताले नगद रु ३ लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टिमले १ लाख ६६ हजार ६६६ हात पार्नेछन् । सो पुरस्कार राशी महिला तथा पुरूष दुबैतर्फ बिजेताले प्राप्त गर्नेछन् ।
यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद रु २६ हजार ६६६ प्राप्त गर्दा अन्य विद्यागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पाचौं टाइगर कप भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ एपिएफ क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो ।
छैटौ सस्करणको प्रतियोगिता माघ ९ देखि १७ गते सम्म पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको खेल मैदान सञ्चालन हुनेछ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20309, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १०, बुधबार १४:३३रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा
समाचार२०८३ भाद्र ८, सोमबार १६:३८जीएमसीको साथमा ‘मिडिया कप फुटसल’
समाचार२०८३ भाद्र ८, सोमबार १२:५८प्रथम पिसिएम कप राष्ट्रिय जुनियर टेनिस:यु–१८ उपाधी शास्वतलाई, यु–१६ तर्फ सुरेन्द्र च्याम्पिन
समाचार२०८३ भाद्र ८, सोमबार १२:२३भिटोफ गण्डकीद्वारा होमस्टे व्यवस्थापन तालिम








