पोखराका कन्टेन्ट क्रियटर र इन्फ्लुएन्सर संगठित, संयाेजन समितिको संयोजकमा उदय गोतामे

पोखराका कन्टेन्ट क्रियटर र इन्फ्लुएन्सर संगठित, संयाेजन समितिको संयोजकमा उदय गोतामे

पोखरा । पोखरामा सक्रिय कन्टेन्ट क्रियटर तथा इन्फ्लुएन्सरहरू एउटै छातामुनि संगठित हुने भएका छन् ।

उनीहरूको पेशागत हकहित संरक्षण, सामूहिक कार्यसम्पादन, डिजिटल कन्टेन्टको गुणस्तर अभिवृद्धि तथा पर्यटन, संस्कृति र सामाजिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यसहित संयाेजन समिति गठन गरिएको छ ।

प्राण्ड डिजिटलको समन्वय र वी पोखराको सहकार्यमा आयोजित ‘मिट एण्ड ग्रिट’ कार्यक्रममार्फत पोखराको जाडीन होम्समा सम्पन्न भेलाले उदय गोतामेलाई संयाेजन समितिको संयोजक चयन गरेको छ ।

समितिको सदस्यहरूमा रविन पौडेल, सवज्ञा पौडेल, स्मिता घिमिरे, मुना केसी, आविष्कार शर्मा, मिसन केसी, सुजन थापा र प्रविन पाण्डे रहेका छन्।

पोखराका कन्टेन्ट क्रियटर र इन्फ्लुएन्सर संगठित, संयाेजन समितिको संयोजकमा उदय गोतामे

भेलाले साझा संस्था दर्ता गर्ने निर्णय गर्दै तदर्थ समिति गठन नहुँदासम्मका लागि संयोजन समितिलाई आवश्यक समन्वय र व्यवस्थापनको जिम्मेवारी दिएको छ।

प्राण्ड डिजिटलका प्रवन्ध निर्देशक दिनेश सुनारले पोखराका कन्टेन्ट क्रियटर तथा इन्फ्लुएन्सरहरूको हकहित संरक्षण, सहकार्य प्रवर्द्धन, पेशागत मर्यादा कायम गर्न तथा डिजिटल माध्यमलाई जिम्मेवार र प्रभावकारी बनाउनकाे लागि भेला आयाेजना गरिएकाे बताए ।

‘वी पोखरा’ कम्युनिटी एपका सिइओ आनन्द थापाले एपमार्फत पोखराको हक–हित संरक्षण र प्रचार–प्रसारमा काम गरिँदै आएको उल्लेख गरे। उनले पोखरामा बसोबास गर्ने नेपाली र पोखराबाट विदेश गएका नेपालीहरूलाई एउटै डिजिटल प्लेटफर्ममा जोडेर सामाजिक हक–हितका लागि काम गर्ने एपको उद्देश्य रहेकाे बताए ।

समाजमा हुने सकारात्मक गतिविधि, आपतकालीन रेस्क्यु, सहयोग अभियान तथा सामाजिक कामलाई डिजिटल माध्यमबाट प्रभावकारी रूपमा अघि बढाइने उनकाे भनाई छ । सिईओ थापाले कन्टेन्ट क्रियटर र इन्फ्लुएन्सरको भूमिकालाई समेत सामाजिक उत्तरदायित्वसँग जोडेर प्रयोग गरिने बताए ।

इभेन्ट म्यानेजर सन्जु सुनारले पर्यटकीय राजधानी पोखरालाई चिनाउने उद्देश्यले आफैँ इभेन्टहरू आयोजना गर्न सकिने र भइरहेका इभेन्टहरूलाई साथ, सहयोग र प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे । दुई दशक भन्दा लामाे आफ्नाे इभेन्ट म्यानेजमेन्टकाे अनुभवलाई समेटेर कन्टेन्ट क्रियटर र इन्फ्लुएन्सरकाे  इभेन्टमा प्रोमोसन र सपोर्ट गरिने उनकाे प्रतिवद्वता छ ।

लयर विष्णुहरी पौडेलले कन्टेन्ट निर्माणका क्रममा कानुनी झमेलामा पर्ने, धम्की आउनेजस्ता समस्या समाधानका लागि सधैँ कानुनी सल्लाह र सहयोग उपलब्ध गराउने बताए । डिजिटल माध्यममा काम गर्दा आउने कानुनी चुनौतीबारे सचेत रहँदै सुरक्षित रूपमा अघि बढ्न सहयोग गर्ने उनको भनाइ छ।

शनिबार भएकाे भेलामा पोखराका विभिन्न कन्टेन्ट क्रियटर र इन्फ्लुएन्सरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20321, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   7   =  

Protected by Spam Master