संस्कृत युवा मञ्चद्वारा पोखरामा रक्तदान कार्यक्रम सम्पन्न

पोखरा । संस्कृत युवा मञ्च नेपालद्वारा आयोजित रक्तदान कार्यक्रम पोखरामा सम्पन्न भएको छ। कार्यक्रममा पहिलो रक्तदाता प्रकाश पराजुलीलाई ब्लड बैंकमा रक्त हस्तान्तरण गरी नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार सेवा, रामघाट पोखराका इन्चार्ज महेन्द्र के.सी.ले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
उद्घाटन मन्तव्यमा इन्चार्ज के.सी.ले युवाहरू धर्म, संस्कार तथा संस्कृतिको संरक्षणसँगै सामाजिक सेवामा सक्रिय रूपमा लाग्नु सुखद पक्ष भएको उल्लेख गर्नुभयो। उहाँले मानव जीवनका लागि अत्यावश्यक रगत संकलन गरी रक्तअभावका कारण कसैको अकालमा ज्यान नजाओस् भन्ने उद्देश्यका साथ संस्था मार्फत रक्तदान कार्यक्रम आयोजना गरिएकोमा संस्कृत युवा मञ्चको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्य निरन्तर अघि बढोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा कुल ३४ जनाले रक्तदान गरेको जानकारी दिंदै कार्यक्रम संयोजक महेन्द्र ढकालले संस्कृत युवा मञ्च सामाजिक तथा धार्मिक कार्यमा सदैव अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले रक्तदाता महानुभावहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै दाताहरूप्रति आभार व्यक्त गर्नुभयो।संस्थाका अध्यक्ष विश्वराज सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गिरिधर आचार्य, रामकृष्ण अर्याल, गिरिराज शर्मा, हरिप्रसाद पौडेल, भवानी शंकर शर्मा, लक्ष्मण पौडेल लगायतका वक्ताहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष महेन्द्र पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव डिल्लिराम पौडेल (दिवाकर) ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ९, मंगलवार १९:२९निखिल उप्रेतीको ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक
समाचार२०८३ भाद्र ९, मंगलवार १०:२३आहा, यस्तो पो झरना !
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ९, मंगलवार १०:१४अध्यारोबाट उज्यालो देखेपछि… « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ भाद्र ९, मंगलवार ०९:४४मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो









