नीलकण्ठ १२ स्थित पशुपति माविमा छात्रा भलिबल प्रतियोगिता सम्पन्न

धादिङ,८ पुस
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित दामगाडेमा छात्रा भलिबल प्रतियोगिता सम्पन्न भएको छ। वडा नम्बर १२ को आयोजनामा सम्पन्न भएको छात्रा भलिबल प्रतियोगितामा वडा नम्बर १२,१३ र ११ नम्बर वडाका पाँच वटा विद्यालयको सहभागिता रहेको थियो ।वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार)को अध्यक्षतामा सम्पन्न भएको भलिबल प्रतियोगितामा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

नीलकण्ठ नगरपालिकाका बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्टको विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा नम्बर १३ का वडा अध्यक्ष सोम बहादुर गुरुङ लगायत वडा सदस्य,छिमेकी विद्यालयका प्रधानाध्यापकको आतिथ्यता रहेको थियो।भलिबल प्रतियोगितामा पशुपति मावि प्रथम, वडा नम्बर ११ को शंखादेवी मावि द्धितिय र मनरुपी मावि तृतीय भएका छन्।प्रतियोगितामा प्रथम,द्धितिय र तृतीय हुने विद्यालयलाई शिल्ड,मेडल र प्रमाणपत्रद्वारा पुरस्कृुत गरीएको थियो । प्रतियोगितामा सहभागिता जनाउने विद्यालयललाई भलिबल र नेट प्रदान गरीएको छ ।
वडाको शैक्षिक गुणस्तर सुधार र खेलक्षेत्रको विकासको लागि वडाले विभिन्न कार्यक्रम सन्चालन गरीरहेको वडा अध्यक्ष धर्मराज भण्डारीले जानकारी दिनुभयो ।वडाले शिक्षक सम्मानदेखी सिकाई आदान प्रदान कार्यक्रम समेत सन्चालन गरीरहेको बताउनुभयो । आगामी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा वडाबाट प्रतिनिधित्व गरेर पदक बिजेता विद्यार्थीहरुलाई हौसला स्वरुप व्यक्तिगत रकम दिने घोषणा गर्नुभएको छ । उहाँले विगत बर्षहरुमा पनि व्यक्तीगत रकम सहयोग गर्दै आउनु भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
खेलकुद२०८३ असार ६, शनिबार ०९:१४विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने









