सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव सुरु

चितवन- पर्यटकीय नगरी चितवन सौराहामा आजदेखि १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ।
सौराहासहित समग्र चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको यो महोत्सव तीन दिनसम्म सञ्चालन हुनेछ।
रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लि. सह-आयोजक रहेको महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको संघका महासचिव महेश खनालले जानकारी दिनुभयो ।
महोत्सव अन्तर्गत हात्तीको पेनाल्टी सुटआउट, हात्ती श्रृंगार प्रतियोगिता, हात्ती बनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दैनिक जीवनशैलीबारे जानकारी तथा हात्ती पूजा कार्यक्रम समावेश गरिएको संघका पूर्व अध्यक्ष सुमन घिमिरेको भनाइ छ ।
महोत्सवमा ८० वटा हात्ती सहभागी हुनेछन्।

त्यस्तै, महोत्सव अवधिमा पालिका स्तरीय डुंगा रेस प्रतियोगिता, करिब ७० वटा हात्तीको सहभागितामा शोभायात्रा, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, हात्तीमैत्री प्रतियोगिता तथा सफारी पर्यटन प्रवर्द्धनका लागि अतिथि पाहुनालाई हात्ती सफारी, जिप सफारी र डुंगा सफारी गराउने कार्यक्रम तय गरिएको छ।
संघका महासचिव खनालका अनुसार, दुई दशकदेखि आयोजना हुँदै आएको यस महोत्सवले हरेक वर्ष २५ देखि ३० प्रतिशतसम्म पर्यटक आगमन वृद्धि गर्न सहयोग पुर्याउँदै आएको कोषाध्यक्ष बविता चौधरीले जानकारी दिनुभयो ।
हाल सौराहामा करिब १५० होटल र ९० भन्दा बढी रेस्टुरेन्ट सञ्चालनमा छन्। सफारी पर्यटनका दृष्टिले सौराहा विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा चिनिन्छ।
चितवनमा वार्षिक करिब तीन लाख पर्यटक आउने गरेका छन्, जसमध्ये करिब ९० प्रतिशत पर्यटक सौराहा पुगेर सफारी पर्यटनमा सहभागी हुने गरेका छन्।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:३८सामाजिक कथावस्तुमा निर्माण गरिएको ‘हली’को टिजर सार्वजनिक
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न








