हेमजा नेवा: खलको अध्यक्षमा सुरेन्द्र श्रेष्ठ

हेमजा नेवा: खलको अध्यक्षमा सुरेन्द्र श्रेष्ठ

हेमजा । हेमजा नेवा: खलको ७औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट सुरेन्द्र श्रेष्ठ अध्यक्षमा चयन भएका छन्।

शनिबार पोखरा महानगरपालिका–२५, हेमजामा सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवगठित कार्यसमितिको उपाध्यक्षमा कृष्णमान श्रेष्ठ, सचिवमा सन्तमान श्रेष्ठ, कोषाध्यक्षमा जुजुभाई महर्जन र सह–सचिवमा सरस्वती श्रेष्ठ चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा विष्णु कुमार श्रेष्ठ, राजु श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, ध्रुव मल्ल, कमला प्रधान, रमा श्रेष्ठ, भुवन श्रेष्ठ, पारसमणी श्रेष्ठ, निमा श्रेष्ठ र भद्र कमार श्रेष्ठ रहेका छन्।

अधिवेशन सफल बनाउन निर्वाचन संयोजक भिमप्रसाद श्रेष्ठसहित सदस्यहरू शिवकुमार श्रेष्ठ र देवीप्रसाद अधिकारीको महत्वपूर्ण भूमिका रहेको थियो।

यसअघि कार्यक्रमकाे उद्घाटन सत्रमा प्रमुख अतिथि पोखरा महानगरपालिका–२५ का वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष सुबास भण्डारीले स्थानीय सरकार र समुदायबीचको सहकार्यले सांस्कृतिक पहिचान अझ सुदृढ हुने बताए।

सामुदायिक सेवा तथा सामुदायिक प्रहरी हेमजाका अध्यक्ष तथा अम्बिका माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवीप्रसाद अधिकारीले समुदायबीच सहकार्य र एकता आवश्यक रहेको बताए।

कार्यक्रममा ल्याहम पुच: कास्कीका अध्यक्ष विनित जोजिजुले विनित जोजिजुले घरका अग्रजहरूले नयाँ पुस्तालाई आफ्नो संस्कृति, परम्परा, भाषा, मूल्य र संस्कारको सही पुस्तान्तरण गर्नुपर्नेमा जोड दिए।

नेवार समुदाय केवल एउटा जाति नभई सभ्यता र इतिहास भएको उल्लेख गर्दै उनले यो समुदाय कला, भाषा, संस्कार र सहिष्णुताको जीवित पहिचान भएको बताए।

नेपाल भाषा, जात्रा–पर्व, गुठी परम्परा, संस्कार र अनुशासनजस्ता पक्षहरू किताबमा सीमित भएर होइन, घरभित्रै अभ्यास हुँदै जोगिनुपर्ने उनको भनाइ थियो। घरमै भाषा बोल्ने र संस्कार पालना गर्ने बानी बसाल्न सके मात्र पहिचान सुरक्षित रहने जाेजिजुले स्पष्ट पारे।

घर बलियो भयो भने समाज बलियो हुने र समाज बलियो भए राष्ट्र पनि बलियो हुने उल्लेख गर्दै अध्यक्ष जोजिजुले सबै मिलेर संस्कार जोगाउने संकल्प गर्नुपर्ने बताए।
घरभित्रै भाषा बोल्ने, परम्परा बाँच्ने र बचाउने अभ्यासमार्फत गर्वका साथ “हामी नेवार हौँ” भन्न सक्ने अवस्था निर्माण गर्न उनले सबैलाई आग्रह गरे।

कार्यक्रममा मिसा पुच कास्की अध्यक्ष संगिता बज्राचार्य तथा नेवा: खल कास्कीका उपाध्यक्ष प्रकाशलाल श्रेष्ठ,हेमजा नेवा: खलका आजीवन सदस्य रामचन्द्र श्रेष्ठ र लालमाया श्रेष्ठले नेवा: समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणमा खलको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

अधिवेशनका अवसरमा हेमजा नेवा: खलका ८० वर्षभन्दा माथिका बयोवृद्ध ज्ञानु श्रेष्ठ, जमुना श्रेष्ठ, रुद्रमान श्रेष्ठ, सन्तु कुमारी श्रेष्ठ, भद्रकुमार श्रेष्ठ, धनुकुमारी श्रेष्ठ र जुना श्रेष्ठलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।

अधिवेशनका अवसरमा हेमजा नेवा: खलले शैक्षिक क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गरेका स्नातक तह उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ। विज्ञान संकायतर्फ स्नातक तह उत्तीर्ण गरेका बिशेक श्रेष्ठ र सुरज श्रेष्ठलाई सम्मान गरिएको थियो। त्यसैगरी व्यवस्थापन संकायतर्फ स्नातक तह पूरा गरेका निरज श्रेष्ठ, दुर्गा श्रेष्ठ र भुवन श्रेष्ठलाई सम्मान गरिएको छ भने कला संकायतर्फ स्नातक तह उत्तीर्ण गरेकी निकिता श्रेष्ठ र होटल मेनेजमेन्ट स्नातक उतीर्ण सौरब कुमार श्रेष्ठ “डेविड ” लाई सम्मान गरेकाे छ । सम्मान कार्यक्रममार्फत खलले युवाहरूलाई अध्ययनमा प्रेरित गर्दै शैक्षिक प्रगतिलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

त्यसैगरी खलले विभिन्न चाडपर्वका अवसरमा सक्रिय रूपमा सहभागी कलाकारहरू भाईबहिनीहरुलाई समेत सम्मान गर्दै उनीहरूको योगदानको कदर गरेको छ।

हेमजा नेवा: खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे स्वागत उपाध्यक्ष कृष्णमान श्रेष्ठ र सञ्चालन सचिव सन्तमान श्रेष्ठले गरेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20387, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   3   =  

Protected by Spam Master