भारतको औद्योगिक उत्पादनमा उल्लेखनीय वृद्धि

भारतको औद्योगिक उत्पादनमा उल्लेखनीय वृद्धि

नयाँ दिल्ली। भारतको औद्योगिक उत्पादन सूचकाङ्क (आईआईपी) अनुसार नोभेम्बर महिनामा देशको औद्योगिक उत्पादन ६.७ प्रतिशतले वृद्धि भएको छ । सम्बन्धित सरकारी तथ्याङ्कले सोमबार यो जानकारी सार्वजनिक गरेको हो ।

सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले जारी गरेको विवरणअनुसार, नोभेम्बरको औद्योगिक उत्पादन वृद्धि दर अघिल्लो महिना अक्टोबरको प्रारम्भिक अनुमानित ०.४ प्रतिशतको तुलनामा उल्लेखनीय रूपमा बढेको हो ।

मन्त्रालयका अनुसार औद्योगिक उत्पादनमा आएको वृद्धिमा उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रको ८ प्रतिशत वृद्धिले मुख्य योगदान दिएको छ ।

क्षेत्रगत रूपमा हेर्दा, नोभेम्बर महिनामा खानी क्षेत्र ५.४ प्रतिशतले वृद्धि भएको छ भने उत्पादन क्षेत्र ८ प्रतिशतले बढेको छ । यस्तै, विद्युत् उत्पादन क्षेत्र भने १.५ प्रतिशतले घटेको मन्त्रालयले जनाएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   1   =  

Protected by Spam Master