माछापुच्छ्रे टेनिस:मेन्स सिंगल उपाधी करनलाई, ३५ वर्षमाथि जितेन्द्र च्याम्पियन

पोखरा ।
कास्की जिल्ला टेनिस संघद्वारा आयोजित २२औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा मेन्स सिंगलको उपाधी करन बहादुर थापाले जितेका छन् । बुधबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आयुषमान हजुर घलेलाई
६–०, ४–६ र ६–३ को सेटमा पराजित गर्दै उनले ८० हजार नगद सहित ट्रफि मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरे । दोश्रो स्थानमा चित्त बुझाएका आयुषमानले नगद ४० हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।
त्यसैगरि ३५ वर्ष माथिको मेन्स सिंगल जितेन्द्र परियारले जितेका छन् । फाइनल खेलमा सन्तोष खत्रीलाई ६–१, ६–० को सेटमा पराजित गर्दै उनले सो उपाधी आफ्नों नाम गराएका हुन् । जितसंगै जितेन्द्रले नगद ६० हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे भने दोश्रो स्थान हाँसिल गरेका सन्तोषले ३० हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले एक समारोहका विच पुरस्कार प्रदान गरे ।
आयोजक कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहका विच नेपाल नम्बर १ टेनिस खेलाडी प्रदीप खड्काले पोखरेली उदीयमान खेलाडी आर्यषराज पौडेललाई टेनिस प्रशिक्षण दिलाउने सहमति पत्रमा हस्ताक्षर समेत गरिएको थियो । आयोजक समितिका प्रथम उपाध्यक्ष नविन चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए ।
तस्विर सौजन्य : सुदर्शन रंजित
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20438, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १०, बिहीबार १७:२०विज्ञापन नीति खारेजीको माग गर्दै पत्रकार महासंघ कास्कीको ज्ञापनपत्र
समाचार२०८३ बैशाख १०, बिहीबार १५:०७प्युठानमा तीर्थयात्री बोकेको जिप दुर्घटना: एक बालकको मृत्यु, २१ जना घाइते
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:३११० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुपकाे साथ
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:२४लेउवा संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण








