हेल्प नेपाल र नेपाल पुलिस तथा आर्मी र रुकुम सेमिफाइनलमा

काठमाडौँ- काठमाडौँमा जारी नवौं एनभीए भलिवल लिगको पुरुष समूह तर्फको सेमिफाइनल समिकरण पनि पुरा भएको छ ।
आज क्वाटरफाइनल चरणका खेलहरु सकिएसँगै सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लागेको हो ।
आजका खेलहरु सकिएसँगै पुरुष समूहतर्फ साबिक विजेता हेल्प नेपाल र नेपाल पुलिस क्लव तथा रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर र नेपाल आर्मी अन्तिम चारमा पुग्न सफल भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा हेल्प नेपालले बुढानिलकण्ठ भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउन सफल भयो । हेल्प नेपालले २५-१३, २५-२३, २५-१८ को जित निकालेको हो ।
यस्तै अर्को क्वार्टरफाइनल खेलमा पुलिसले कोशी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपालसँगको सेमिफाइनल भिडन्त पक्का गरेको हो ।
पुलिसले २५–१९, २५–१७, २५–१८ को नजिता निकालेको थियो ।
आज नै भएको अर्को खेलमा विजयी बन्दै रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर पनि सेमिफाइनलमा पुग्न सफल भयो ।
तेस्रो क्वार्टरफाइनलमा विभागीय टोली नेपाल एपिएफ क्लवलाई ३–१ ले पछि पार्दै रुकुम विजयी भयो ।
त्यसैगरी विभागीय टोली त्रिभुवन आर्मी क्लबले पनि च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आज सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा आर्मीले खिल्जी युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो।
यस जितसँगै आर्मीले सेमिफाइनलमा भोलि रुकुम पश्चिमसँग खेल्नेछ। महिला र पुरुष दुवैको सेमिफाइनल खेल भोलि हुनेछन्। प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १२:४१ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा








