धादिङमा अवैध रूपमा क्रिस्टल क्वाट्ज ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ

धादिङ, पुस १८ गते ।
जिल्ला प्रहरी कार्यालय धादिङले अवैध रूपमा क्रिस्टल क्वाट्र्ज (Crystal Quartz) जस्तो देखिने पदार्थ ओसारपसार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुवीभ्याली गाउँपालिका वडा नं. ४ बस्ने २० वर्षीय सन्चा तामाङ र वडा नं. ५ बस्ने ६६ वर्षीय मेम्बा तामाङ रहेका छन्।
प्रहरीले १.७ किलो ७४ ग्राम बरामद सामग्रीसहित दुबै जनालाई आवश्यक कारबाहीका लागि खानि तथा भू–भाग विभाग, लैनचौर काठमाडौं पठाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङले क्रिस्टल क्वाट्र्जजस्ता पदार्थको अवैध कारोबार नियन्त्रणका लागि निगरानी थप कडा गर्ने जनाएको छ।
त्यसैगरी , धादिङको धुनिबेसी नगरपालिकामा अवैध लागू औषध खैरो हिरोइनसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्रिभुवन राजपथ अन्तर्गत धुनिबेसी–७, भटेमोडमा गरिएको नियमित सुरक्षा जाँचका क्रममा मकवानपुरका ३२ वर्षीय गुण प्रसाद अधिकारी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, पौष १६ गते बेलुका ५ः४० बजे वीरगञ्जबाट टायलघरतर्फ आउँदै गरेको ट्रकलाई रोकी जाँच गर्ने क्रममा चालक अधिकारीलाई शंकास्पद अवस्थामा फेला पारिएको थियो। उनी लागू औषध सेवन गरी सवारी चलाइरहेको शंका लागेपछि प्रहरीले उनको व्यक्तिगत तलासी लिएको थियो।
तलासीका क्रममा अधिकारीले आफ्नो पाइन्टको दाहिनेतर्फको पछाडिको गोजीमा रहेको पर्सभित्र लुकाएर राखेको २८० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको थियो।
पक्राउ परेका अधिकारीमाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरिएको छ। धादिङ जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी एवं प्रहरी निरीक्षक श्याम कुमार बस्नेतले जानकारी दिनुभयो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:३८सामाजिक कथावस्तुमा निर्माण गरिएको ‘हली’को टिजर सार्वजनिक
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ५, शुक्रबार १४:३८भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो « रिपोर्टर्स नेपाल








