स्वीट्जरल्याण्ड बारमा आगलागीमा परी घाइते भएकाको सङ्ख्या ११९ पुग्यो

स्वीस बारमा भएको आगलागीमा परी घाइते भएकाको सङ्ख्या ११९ पुगेको छ ।
दक्षिणपश्चिमी स्विट्जरल्यान्डको क्रान्स–मोन्टाना स्की रिसोर्टमा भएको आगलागीमा परी घाइते भएका बाँकी छ जनाको पहिचान पुष्टि गर्न प्रहरीले अझै काम गरिरहेको छ । अघिल्लो रिपोर्टमा आगलागीबाट दर्जनौँको मृत्यु भएको र ११० जनाभन्दा बढी व्यक्ति घाइते भएका जानकारी गराइएको थियो ।
क्यान्टोनका प्रहरी प्रमुख फ्रेडरिक गिस्लरले भन्नुभयो, “घाइते हुनेमा स्विट्जरल्यान्डका ७१, फ्रान्सका १४ जना र इटालीका ११ जना रहेका प्रहरीले बताएको छ । अन्य १४ जनाको राष्ट्रियता अझै निर्धारण हुन बाँकी छ।”
आगलागीमा परी मृत्यु भएका करिब ४० जनाको पहिचान अझै बाँकी रहेको उहाँले बताउनुभयो । “यो हाम्रो प्राथमिकता हो,” उहाँले भन्नुभयो ।
भालेस प्रशासनिक केन्द्रका प्रमुख म्याथियस रेनार्डले पत्रकार सम्मेलनमा भन्नुभयो, “घाइतेमध्ये करिब ५० जनालाई अन्य युरोपेली देशका विशेष केन्द्रहरूमा स्थानान्तरण गरिएको छ वा गरिनेछ।”
रेनार्डले भन्नुभयो, “मृतकको सम्झनामा जनवरी ९ मा क्रान्स–मोन्टानामा एक स्मृति समारोहको आयोजना गरिनेछ। यो पीडितहरूको सम्झना गर्न र एक राष्ट्रको रूपमा एकताबद्ध हुने अवसर हुनेछ,” उहाँले भन्नुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ४, शुक्रबार ०७:०९वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
समाचार२०८३ बैशाख ४, शुक्रबार ०६:०३घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ३, बिहीबार २०:१५केएमसीलाई मस्तिष्कसम्बन्धी जटिल रोगको उपचारमा अर्को सफलता
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ३, बिहीबार १८:४८पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’ को पत्रकार सम्मेलन सम्पन्न







