राष्ट्रिय सहिद तथा शान्ति पार्कमा जेनजी सहिदका नामावली राखिने

काठमाडौँ, १९ पुसः गृहमन्त्री ओमप्रकाश अर्यालले गोकर्णेश्वरस्थित ‘राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक’ पुग्नुभई त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभएको छ ।
आज त्यहाँ पुगेर उहाँले पार्कमा राखिएका सहिदको नामावली, पार्कको समग्र वस्तुस्थिति र सञ्चालनको अवधारणाबारे पार्क स्मारक समितिका अध्यक्ष सुदर्शन सिग्देलबाट जानकारी लिनुभएको थियो ।
त्यस अवसरमा गृहमन्त्री अर्यालले बृहत् शान्ति सम्झौतापछि घोषणा गरिएका सहिददेखि ‘जेनजी जनआन्दोलन’ पछि सहिद घोषणा भएका ४२ जना जेनजी सुशासन योद्धा र तीन अमर प्रहरीहरूको नाम पार्कमा राख्नेबारे चासो व्यक्त गर्नुभएको थियो ।
उहाँले सहिदबारे विगतका विभिन्न मन्त्रिपरिषद्ले गरेका निर्णयसहित जेनजी जनआन्दोलनका क्रममा शहादत प्राप्त युवाको समेत सोही पार्कमा नामावली राख्ने र पार्कको सञ्चालनका लागि स्मारक समितिले बुझाएको ज्ञापन पत्रलाई अध्ययन गरेर उपयुक्त निर्णय लिने बताउनुभएको थियो ।
स्मारक पार्कका व्यस्थापन समितिका अध्यक्ष सिग्देलका अनुसार हाल उक्त पार्कमा राज्यले घोषणा गरेका दुई हजारभन्दा बढी सहिदको नामावली राखिएको छ । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको खारेजीसँगै सञ्चालनको स्पष्ट खाका नभएकाले हाल पार्कको सञ्चालनमा द्विविधा रहेकाले समितिले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको उहाँले जानकारी दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ पुष २३, बुधबार १०:५५‘बिगुल’ सुन्निनुअघि नै छाएकी मिरा: डेब्यु अफरले उत्साहित
समाचार२०८२ पुष २३, बुधबार १०:०५सङ्कटापन्न घडियालको प्राकृतिक बासस्थानमा जोगाउनै मुस्किल
खेलकुद२०८२ पुष २३, बुधबार ०९:३०पल्सर स्पोर्टस अवार्ड आज, पहिलो पटक काठमाडौं बाहिर
कला, विचार/मनोरञ्जन२०८२ पुष २२, मंगलवार २०:५३‘मिरमिरे’को ट्रेलर सार्वजनिक | Celebrity Nepal








