हेटौंडा जुरीखेतमा जीप दुर्घटनाहुँदा ६ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौं– काठमाडौँ- हेटौंडा सडग खण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आइतबार साँझ भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको जीप सडकबाट करिब एक सय मिटर तल खोल्सामा खसेको थियो। दुर्घटनामा ६ जना पुरुष, १ जना महिला, १ बालिका र १ बालक गरी ९ जना सवार थिए।
दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृतकहरुको पहिचान खुल्न सकेको छैन भने मृत्यु भएका सबैको शव हेटौंडा अस्पतालमा राखिएको छ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका ३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था मध्यम रहेको जनाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ पुष २२, मंगलवार २०:५३‘मिरमिरे’को ट्रेलर सार्वजनिक | Celebrity Nepal
समाचार२०८२ पुष २२, मंगलवार २०:००विश्वकप खेल्ने १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा
समाचार२०८२ पुष २२, मंगलवार १७:५३राष्ट्रिय सभा निर्वाचनमा अरु दलसँग तालमेल गर्ने काँग्रेसको निर्णय
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष २२, मंगलवार १७:१८निःशुल्क आँखा शिविरः ३५० बढीको शल्यक्रिया हुने








