दशौं धादिङ महोत्सव २०८२ माघ १५ देखि २५ गतेसम्म हुने

दशौं धादिङ महोत्सव २०८२ माघ १५ देखि २५ गतेसम्म हुने

धादिङ, पुस २३ गते ।
दशौ धादिङ महोत्सव २०८२ माघ १५ गतेदेखि २५ गतेसम्म हुने भएको छ। नीलकण्ठ नगरपालिकाको संरक्षकत्व र धादिङ उद्योग वाणिज्य संघको आयोजनामा नीलकण्ठ नगर पालिका वडा नं ३, खुल्ला मन्च धादिङबेसीमा हुने भएको हो ।

मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा संघले “धादिङको दीगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नारासहित महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

धादिङ जिल्लाको समग्र आर्थिक, सामाजिक, पर्यटकीय तथा सांस्कृतिक विकास र प्रवद्र्धन गर्ने उद्देश्यसहित दशौँ धादिङ महोत्सव २०८२ आयोजना हुने भएको उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष रामकुमार डल्लाकोटीले जानकारी दिनुभयो ।

महोत्सवको लक्ष्य
जिल्लाको समग्र आर्थिक, सामाजिक, पर्यटकीय एवम् सांस्कृतिक क्षेत्रको विकास र प्रवद्र्धनमा पुनर्जागरण गर्दै आर्थिक गतिशीलता बढाउने ।

महोत्सवका मुख्य उद्देश्यहरु
प्रदर्शनी मार्फत जिल्लालाई औद्योगिक तथा व्यापारिक क्षेत्रको रुपमा विकसित गर्ने
उत्पादित वस्तुहरुको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको बिकास गर्ने
घरेलु उद्योगको प्रवद्र्धनमा टेवा पुर्याउने ।
कृषिलाई व्यावसायिक र आधुनिकिकरण तर्फ उन्मुख गराउने
पर्यटकीय स्थलहरुको विकास र विस्तारमा टेवा पुर्याउने
स्थानीय कला, साहित्य तथा लोक संस्कृतिको जगेर्ना गर्ने ।
लगानीका अवसरहरुको सृजना गर्ने ।
आर्थिक अवस्थालाई चलायमान र गतिशील वनाउने ।

आयोजकका अनुसार महोत्सवमा एक लाखभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ भने करिब तीन करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ। महोत्सव कुल १६० वटा स्टल रहनेछन्, जसमा १०० वटा व्यापारिक, २० वटा घरेलु तथा साना उद्योग र ४० वटा कृषि तथा अन्य उत्पादनका स्टल रहने छ ।

महोत्सवका मुख्य आर्कषण
विधागत विषयहरुमा सरोकारवालाहरुसंग प्रत्यक्ष अन्तर संवाद
कृषि उपज प्रदर्शनी र प्रतियोगिता
घरेलु उत्पादन प्रदर्शनी र प्रतियोगिता
सांस्कृतिक झाँकी प्रदर्शनी र प्रतियोगिता
भैरवी मन्दिर विशेष पर्यटन प्रवद्र्धन गतिविधि
सबै स्थानीय तहको विशेष उत्पादन स्टल
जिल्ला पशुसेवा, कृषि विकास, वन कार्यालयको विशेष स्टल र परामर्श सेवा
स्थानीय संस्कृति खाना
रमाईलो मेला र वाल उद्यान
राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुवाट दैनिक सांस्कृतिक प्रस्तुति

महोत्सवलाई सफल र प्रभावकारी बनाउन तपशील बमोजिमको समितिहरु गठन हुने छ । महोत्सव सफल र प्रभावकारी बनाउन विभिन्न समितिहरु गठन हुने छ । मूल आयोजक समिति १५१ जनाको हुने छ, उक्त समितिको संयोजकमा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटी र सह संयोजक वरिष्ठ उपाध्यक्ष रोहित भण्डारी रहनु हुने छ । यसै गरी सल्लाहकार समिति ५१ जना, सचिवालय समिति २५ जनाको हुने छ, भने विषयगत समिति २४ वटा हुने छन् ।

दशौं धादिङ महोत्सव २०८२ लाई सबैको अपनत्व हुने गरी सभ्य, भव्य र सफलतापूर्वक सम्पन्न गर्न सुझाव र सहयोगको अपेक्षा गरिएको संघका अध्यक्ष रामकुमार डल्लाकोटीले बताउनुभयो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   10   =  

Protected by Spam Master