नयाँ अनलाइनका सञ्चालक/सम्पादकलाई  आचारसंहिता अभिमुखीकरण

नयाँ अनलाइनका सञ्चालक/सम्पादकलाई  आचारसंहिता अभिमुखीकरण

नयाँ अनलाइनका सञ्चालक/सम्पादकलाई  आचारसंहिता अभिमुखीकरण

काठमाडौँ।

प्रेस काउन्सिल नेपालले नयाँ अनलाइनका सञ्चालक/ सम्पादकलाई पत्रकार आचारसंहिता अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । सोमबार काउन्सिलले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको अध्यक्षता गर्दै काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले पत्रकारिताले समाजमा सूचनाहरु सम्प्रेषण गर्ने र नागरिकलाई सुसूचित गराउने, राजनीतिक परिवर्तनको लागि महत्वपूर्ण योगदान पुर्‍याउने काम गर्ने तथा सुशासन कायम गर्ने पनि गरेका छन भन्दै पछिल्लो समयमा पत्रकारिता क्षेत्रका गुनासोहरु पनि बढेका छन, कन्टेन्टनहरु कसरी भाइरल बनाउने र ‘भिउज’ बढाउने भन्ने होडबाजी भईरहेको, कुन पत्रकार हो, कुन होइन भनी छुट्याउन गाह्रो भएको र यसले पत्रकारिताको विश्वसनीयता कमजोर भएको भन्दै पत्रकारितालाई उत्तरदायी बनाउन  सबै मिलेर सहकार्य गर्नुपर्ने औँल्याउनु भयो ।

 स्रोतव्यक्तिका  रुपमा रहनुभएका  वरिष्ठ पत्रकार शिव गाउँलेले पत्रकार आचारसंहिताबारे जानकारी गराउनुभएको थियो ।उहाँले हरेक सूचनाहरु समाचार हुन् कि होइनन् भन्ने विषयमा सूचना प्रमाणित गरेपछि मात्र समाचार बनाउन आग्रह गर्नुभयो ।पत्रकारितामा विषयवस्तुको सार्वजनिक महत्व, विवरणको सन्तुलन, यसमा व्यक्तिको गोपनीयताको सम्मान भयो वा भएन भनेर ख्याल गर्नुपर्ने बताउँदै भन्नुभयो, एउटा पत्रकारको सबैभन्दा बलियो ‍औजार प्रश्न हो, प्रेस पास र पत्रकारिताका औजारहरु पत्रकारका शक्ति प्रर्दशन गर्ने साधन होइनन, यी त समाजलाइई सूचित गर्ने, जनताका कथा ल्याएर सत्ता वा शक्तिलाई जवाफदेही बनाउने साधन हुन्, त्यसैले अहंकार पत्रकारिताको व्यावसायिक आचरण र नैतिकताभित्र पर्दैन ।

यस्तै कार्यक्रममा अर्का स्रोतव्यक्ति पत्रकार अरुण बरालले निर्देशिकाहरूबारे स्पष्ट पार्नुभएको थियो । बालमैत्री सञ्चार निर्देशिका, २०७३, अपाङ्गतामैत्री सञ्चार निर्देशिका, २०७३, महिला उत्तरदायी सञ्चार निर्देशिका, २०७६ र ज्येष्ठ नागरिक सञ्चार निर्देशिका, २०७८ मा उल्लेख भएका व्यवस्थाबारे जानकारी गराउँदै काउन्सिललाई अल्पसङ्खयक-मैत्री सञ्चार निर्देशिका  बनाउन सुझाव दिनुभयो । सत्य र तथ्यको फरक छुट्याउनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “हामी पत्रकार हौँ भने सामाजिक सञ्जाल चलाउँदा  पनि पत्रकार आचारसंहिता पालना गरौँ।”

यो पनि पढ्नुहोस् :  काउन्सिल अध्यक्ष श्रेष्ठद्वारा पदबहाली, एआईसम्बन्धी मार्गनिर्देशिका बनाएर अघि बढ्ने

सहभागीहरुको जिज्ञासा र उठेका प्रश्नहरुको जवाफ काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले दिनुभयो ।कार्यक्रममा काउन्सिलका अनुगमन अधिकृत महेन्द्रराज सिंहले सूचीकरणपश्चात अनलाइन सञ्चार माध्यमहरुले न्युज पोर्टल सञ्चालन गर्दा ध्यान दिनुपर्ने विषय   काउन्सिलको अनुगमन र उजुरी सुनुवाईका साथै मिडियामा पछिल्लो समय देखिएका प्रवृत्तिबारे प्रकाश पार्नु भयो। उपप्रशासकीय अधिकृत सविता ढकालले सहजिकरण गर्नुभएको कार्यक्रममा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल,  शाखा अधिकृत सुवास राई, केही पुराना पत्रकार सहित चालु आर्थिक वर्षमा सूचना तथा प्रसारण विभागबाट अनलाइन सञ्चार माध्यम सञ्चालनका लागि अनुमति लिएका ४१ सञ्चार माध्यमका सम्पादक र सञ्चालकहरुको सहभागिता रहेको थियो।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2026/07/13/11871/, www.presscouncilnepal.gov.np

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   7   =