मुरली भन्ज्याङ साना किसान कृषि सहकारीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

धादिङ, २८ पुस ।
नीलकण्ठ नगरपालिका–९ स्थित मुरली भन्ज्याङ साना किसान कृषि सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष दुर्गा दुवाडीको अध्यक्षतामा सम्पन्न साधारण सभामा नीलकण्ठ नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजन बराइली प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडा अध्यक्ष बराइलीले सहकारी सेयर सदस्यहरूको आफ्नै साझा संस्था भएकाले यसको सम्पत्ति, भविष्य र दिगोपनाको जिम्मेवारी सबै सदस्यको रहेको उल्लेख गर्नुभयो। एकताबद्ध रूपमा अघि बढे मात्र सहकारीलाई बलियो र दीगो बनाउन सकिन्छ,उहाँले भन्नुभयो ।
उहाँले साना किसान सहकारीले कृषक तथा सेयर सदस्यको हितमा बिमा, कृषि, पशुपालनलगायत क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको भन्दै आगामी दिनमा अझ बढी कृषिमै केन्द्रित भई आर्थिक सशक्तिकरणमा योगदान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, नीति नियमको दायराभित्र रहेर सहकारीलाई थप व्यवस्थित, पारदर्शी र जनमुखी बनाउन स्थानीय सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
साधारण सभाका अवसरमा उत्कृष्ट बाल बचतकर्ता १० जनालाई स्टेसनरी सामग्री प्रदान गरिएको थियो । उत्कृष्ट बचत गर्ने दुई समूह र असल ऋण कारोबार गर्ने २० जनालाई सम्मान गर्नुका साथै उत्कृष्ट तरकारी खेती, उत्कृष्ट कुखुरा पालन, उत्कृष्ट भैँसी पालन र उत्कृष्ट दूध उत्पादन गर्ने चार जना उत्कृष्ट कृषि व्यवसायीलाई समेत सम्मान गरिएको थियो।
२०६६ सालमा स्थापना भएको उक्त सहकारी संस्थाको कुल सेयर पूँजी १ करोड ५३ लाख १७ हजार ३०० रुपैयाँ रहेको छ। नीलकण्ठ नगरपालिका–८ र ९ कार्यक्षेत्र रहेको सहकारीमा १ हजार २६१ जना सेयर सदस्य आबद्ध छन् ।


लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ पुष २८, सोमबार २०:५९मदनकृष्ण श्रेष्ठले सार्वजनिक गरे यम बरालका ३ गीत
कला, विचार/मनोरञ्जन२०८२ पुष २८, सोमबार २०:५१‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा वियोगान्त कथा
समाचार२०८२ पुष २८, सोमबार १९:३४भोलि ११ बजेका लागि बोलाइयो काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक
समाचार२०८२ पुष २८, सोमबार १८:१८काँग्रेसको विशेष महाधिवेशन भोलिसम्म लम्बियो








