अन्तर्राष्ट्रिय सञ्चार माध्यममा कार्यरत पत्रकारसँग छलफल


काठमाडौँ २८ पुस ।
पत्रकार आचारसंहिता कार्यान्वयनबारे अन्तर्राष्ट्रिय सञ्चार माध्यमका पत्रकारसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालले सोमबार पत्रकार आचारसंहिता कार्यान्वयनका सन्दर्भमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा कार्यरत पत्रकारसँग छलफल/अन्तरक्रिया विषयक कार्यक्रमको आयोजना गरेको हो । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यको प्रमुख आतिथ्यता र काउन्सिलको अन्तर्राष्ट्रिय सम्बन्ध उपसमितिका संयोजक कुमारी निमा काफ्लेको सभापतित्वमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
वरिष्ठ पत्रकार युवराज घिमिरेले आचारसंहिताको महत्व र पत्रकारिताबारे प्रकाश पार्नुभएको उक्त कार्यक्रममा दूरदर्शन र एआईआरका लागि कार्यरत श्वेता सिंह, एएफपीका लागि कार्यरत प्रकाश माथेमा र पावन माथेमा, इन्डिया टुडे समूहका पंकज दास, डब्ल्यूआईओएनकी सलोनी मुरार्का, चाइना मिडिया ग्रुपकी वर्षा (झाङ युए), प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) का शिरीष बी. प्रधान, निम्जेनका रजनिश भण्डारी तथा एसिया प्यासिफिक डेलीकी सृष्टि काफ्ले लगायतले नेपालमा रिपोर्टिङ गर्दाको जटिलता, आचारसंहितको पालना विषयमा आआफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक तथा प्रेस काउन्सिल नेपालका सदस्य-सचिव छबीन्द्र पराजुली, प्रेस काउन्सिलका सदस्य भीमलाल श्रेष्ठ र मुख्य अधिकृत झबिन्द्र भुसालले प्रेस काउन्सिल नेपालले गरिरहेको अनुगमन, आचारसंहिता पालनाको अवस्था र सूचना तथा प्रसारण विभागबिचको सम्बन्धबारे जानकारी गराउनुभएको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2026/01/12/11389/, www.presscouncilnepal.gov.np
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ७, सोमबार १४:५९गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार२०८३ बैशाख ६, आईतवार २२:२९नेपाल पत्रकार महासंघ, कास्कीको साधारण सभाको तयारी
समाचार२०८३ बैशाख ६, आईतवार १३:०३लेकसाइडमा पर्यटकलाई दुःख हैरानी दिने १६ महिला नियन्त्रणमा
समाचार२०८३ बैशाख ६, आईतवार १२:४६बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ हुने, बन्दिपुरको पर्यटन प्रवर्द्धनमा थप ऊर्जा मिल्ने विश्वास







