धादिङको फ्याक्सेमा माघे सङ्क्रान्तिमा गोरु जुधाई मेला तथा सांस्कृतिक महोत्सव हुदै

धादिङ,२९ पुस
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ स्थित फ्याक्सेमा ११ आँै खाल्टे कृषि तथा सांस्कृति महोत्सव र गोरु जुधाई प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। स्थानीय युवा क्लब चमेरे गुफा संरक्षण समाजको आयोजनामा हुन लागेको उक्त गोरु जुधाई प्रतियोगितामा ७ हल गोरु दर्ता भएका छन् । परम्परादेखि नै फ्याक्सेमा माघे सङ्क्रान्तिको दिन गोरु जुधाउने कार्यक्रम हुँदै आएको छ । विगत ११ वर्षदेखि परम्परालाई प्रतियोगिताकै रुपमा सञ्चालन गर्न थालिएको सचिव क्षितिज श्रेष्ठले जानकारी दिनुभयो ।
यसबाट संस्कृतिको जगेर्नासँगै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने चमेरे गुफा संरक्षण समाजका अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले बताउनुभयो ।विगत १० वर्षदेखि हामीले परम्परालाई प्रतियोगितामा रूपान्तरण गरी यसलाई सर्वव्यापी बनाउने प्रयास गर्दै आएका छौँ’ श्रेष्ठले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।प्रतियोगिताका विजेता तथा उपविजेता दुबै गोरुलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । फ्याक्सेमा गोरु जुधाई प्रतियोगितासँगै स्थानीय लाखे नाचको मनोरञ्जन लिन सकिने तथा स्थानीय स्तरमा उत्पादन हुने उखु, खुदो र सखरको स्वाद लिन सकिने आयोजकले जनाएका छन् । त्यस्तै कलाकारहरु नवराज काप्री(भाले) गायिका आशा विसी,अमृत मगर लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ फाल्गुन २०, बुधबार ०९:१३तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो
समाचार२०८२ फाल्गुन २०, बुधबार ०७:३६निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
समाचार२०८२ फाल्गुन १९, मंगलवार २०:१९मौन अवधिमा सामाजिक सञ्जालमा फैलाइँदै आएका भ्रामक समाचारप्रति काँग्रेसको आपत्ति
समाचार२०८२ फाल्गुन १९, मंगलवार १९:५९धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा







