कमाण्ड सम्हालेर पनि कुनै पद नलिएका काँग्रेसका युवा नेता मनोजमणि

काठमाडौँ- विशेष महाधिवेशन आह्वानको पृष्ठभूमिमा जब कांग्रेसभित्र तीव्र बहस र गुटगत दौडधुप सतहमा थियो, त्यही दौडधुपको अग्रपङ्तिमा थिए, नेपाली काँग्रेसका युवा नेता- मनोजमणि आचार्य।
विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान संचालनदेखि नयाँ नेतृत्व चयनसम्मको कमाण्ड सह्मालेका मनोजमणि यतिखेर अझ धेरै चर्चमा छन । कारण हो, आचार्यले कुनै पदको दावी गरेनन् बरु सबैलाई सर्वस्वीकार्य कार्यसमिति बनाउन महत्वपूर्ण भूमिका खेले ।
नेपाल विद्यार्थी सङ्घका पूर्व महामन्त्री तथा नेपाली कांग्रेसका युवा नेता आचार्य, विशेष महाधिवेशनको तयारी र संरचनागत निर्माणका आधारस्तम्भमध्ये एक हुन्।
विशेष महाधिवेशनको सबैभन्दा संवेदनशील र निर्णायक संरचना मानिने व्यवस्थापन समिति- त्यसको संयोजकका रूपमा आचार्यले खेलेको भूमिका पर्दा पछाडिको भएपनि मुख्य थियो।
कार्यक्रमको ढाँचा, सहभागिता, संयोजन, समन्वय र विश्वास निर्माण, यी सबैको मेरुदण्डमा उनी देखिन्थे। विशेष महाधिवेशन सम्भव हुनुमा देखिने ‘पिलर’ हरूमध्ये उनी एक मजबुत स्तम्भ बने।
लामो समयदेखि गगन थापासँग निकट रहेर संगठनात्मक काममा सहजीकरण गर्दै आएका आचार्यको राजनीतिक पहिचान फराकिलो घेराभित्र सबैलाई मिलाउने, भूमिकामा राख्ने र अगाडि बढाउने क्षमता खास हो।
यही कारण, जिम्मेवारी बाँडफाँडको बेला उनले आफूलाई पछाडि राखेर अरू साथीहरूलाई अघि बढ्ने ठाउँ दिनु नै उपयुक्त ठाने।
यो परित्याग कमजोरी थिएन, यो रणनीतिक र नैतिक छनोट थियो।
उद्घाटन समारोहदेखि बन्दसत्रसम्म, हलभित्र एउटा दृश्य बारम्बार दोहोरिने गर्थ्यो त्यो के भने गगन थापा र विश्वप्रकाश शर्मापछि सबैभन्दा धेरै भेटिने, बोलाइने र व्यस्त देखिने नेता थिए मनोजमणि ।
महाधिवेशन प्रतिनिधिहरूका मन-मनमा बसेका, सुन्ने र बुझ्ने नेताका रूपमा उनको उपस्थिति प्रभावशाली थियो।
तर त्यही नेता, जसले चाहेमा सजिलै कुनै पदको दाबी गर्न सक्थे, चुनाबी प्रक्रियामा कुनै पनि पदमा मनोनयन नगरी बाहिर बसे। न त दबाब, न त गुनासो- बरु स्पष्ट सन्देश दिँदै भन्थे, “म पद जित्न होइन, राजनीति जित्न हिँडेको मान्छे हुँ।”
साथीहरूलाई अगाडि सारेर आफूलाई परिधिमा राखेर पनि समग्र अभियानलाई जिताउने सोच आजको राजनीतिमा दुर्लभ हुँदै गएको बेला, आचार्यको निर्णयले एउटा गहिरो सन्देश दिएको छ- राजनीति केवल कुर्सीको खेल होइन, भरोसा, निरन्तरता र मूल्यको अभ्यास पनि हो।
विशेष महाधिवेशनको यो यात्रामा आचार्यको नाम पदसँग जोडिएन, तर प्रक्रियासँग, विश्वाससँग र भविष्यसँग जोडियो।
सायद यही कारण हो, उनी मौन रहे, तर हरेक जिम्मेवारीमा अग्रपंक्तिमा रहेर खटिरहे।
कहिलेकाहीँ इतिहास पदले होइन, त्यागले लेखिन्छ। काँग्रेसको यो विशेष महाधिवेशनमा मनोजमणि आचार्य त्यसैको एउटा उदाहरणीय व्यक्ति बनेका छन ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ७, सोमबार २१:१२कवि शर्माको ‘पोइटिक डायस्पोरा’ कविता संग्रहमाथि विमर्श
समाचार२०८३ बैशाख ७, सोमबार २०:४१नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित,व्यावहारिक र गुणस्तरीय : सञ्चार मन्त्रालय
समाचार२०८३ बैशाख ७, सोमबार १९:१२जिल्ला स्तरीय राष्ट्रिपनि रनिङ शिल्ड प्रतियोगिता धादिङबेसीमा सुरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ७, सोमबार १९:००केकी अधिकारीको नयाँ फिल्म ‘स्टेशन’को शुभमुहूर्त, भदौ १९ मा रिलिज हुने







