१६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशका १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सदरमुकाम बाहिरका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जिल्ला सदरमुकाममा ७७ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ८८ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो ।
निर्वाचन आयोगका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयको नेतृत्व जिल्ला अदालतका मुख्य न्यायाधीशले गर्नेगरी व्यवस्था आनुसार ७७ जना मुख्य जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका ८८ जना द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ ।
यसैबीच, निर्वाचन आयोगले नयाँ आएका नाम समेत समावेश गरेर आजै बन्दसूचीको नामावली प्रकाशित गरेको छ । प्रकाशित नाममा दाबी विरोधका लागि माघ ५ गते देखि माघ १० गतेसम्मको समय तोकिएको छ ।
सूचीमा कसैको नाम हटाउनुपरे माघ १९ गते निर्वाचन आयोगले सूचना प्रकाशन गर्ने कार्यतालिका छ ।
निर्वाचन आयोगले माघ २० माघमा समानुपातिक उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्नेछ ।
२७५ सदस्यीय प्रतिनिधिसभाका लागि समानुपातिक तर्फबाट ११० जना निर्वाचित हुनेछन् भने १६५ जना प्रत्यक्ष निर्वाचित हुनेछन् ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ ३, शुक्रबार १९:५३निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
समाचार२०८२ माघ ३, शुक्रबार १९:३७गगन थापा सभापति भएको काँग्रेस आधिकारिक: निर्वाचन आयोग
समाचार२०८२ माघ ३, शुक्रबार १८:३११६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
कला, विचार/मनोरञ्जन२०८२ माघ ३, शुक्रबार १७:०२रहस्य र थ्रिलले भरिएको ‘द ब्ल्यू लाइट’ को ट्रेलर सार्वजनिक







