नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु, २९ वटा माध्यमिक विद्यालयको सहभागिता

धादिङ,६ माघ
नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घघाटन नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले गर्नुभयो।तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाभित्रका संस्थागत तथा सामुदायिक गरी २९ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ।
‘खेलमय विद्यालय, खेलमय पालिका र खेलमय स्थानीय शासन’ को अवधारणालाई अघि बढाउने लक्ष्यसहित आयोजना गरिएको प्रतियोगिताबाट राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको नगरपालिकाले जनाएको छ। प्रतियोगिता सुरुहुनुभन्दा अघि विद्यार्थीहरुले र्याली निकालेका थिए। तीन दिन सम्म सन्चालन हुने प्रतियोगितामा भलिबल,कराते,तेकान्दो,एथ्लेटिक्स लगायतका प्रतियोगिता सन्चालन हुनेछन् । प्रतियोगिताका लागि नगरपालिकाले विद्यालयलाई व्यवस्थापन खर्च तथा सहभागी खेलाडीहरूलाई दैनिक भत्ताको व्यवस्था गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ३०, मंगलवार २१:५१विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन
कला, विचार/मनोरञ्जन२०८३ असार ३०, मंगलवार १७:४३संसदमा उठ्यो अभिनेत्री काजल कर्ण प्रकरण, निष्पक्ष छानबिनको माग
कला, विचार/मनोरञ्जन२०८३ असार ३०, मंगलवार १३:२५निर्माता तथा गीतकार राकेश शाह
सूचना-प्रविधि२०८३ असार ३०, मंगलवार १२:२७एआई उत्पादनको विश्वव्यापी माग बढ्दा चीनको निर्यात २७ प्रतिशतले वृद्धि








