शुक्रबारदेखि शुरु हुने टाइगर कप भलिबलको रौनक पोखरामा: महिला–पुरुष दुवै तर्फ प्रतिस्पर्धा

पोखरा। टाइगर ग्रुप अफ पोखरा नेपालद्वारा आयोजित एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२ माघ शुक्रबारदे १७ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने भएको छ। प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ।
समाजसेवाको भावनासहित पोखराका विभिन्न पेशा–व्यवसायमा आबद्ध युवाहरूको पहलमा स्थापित टाइगर ग्रुप अफ पोखरा नेपालले प्रतियोगिता आयोजना गर्न लागेको हो। नेपाल भलिबल सङ्घको स्वीकृति तथा गण्डकी प्रदेश भलिबल सङ्घको संयोजनमा हुने प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्लबहरूको सहभागिता रहनेछ।
प्रतियोगितामा महिला तर्फ ५ र पुरुष तर्फ ६ गरी कुल ११ टिम सहभागी हुनेछन्। महिला तर्फ थाइल्याण्डको थाइल्याण्ड क्विन्स थाइल्याण्ड सहित नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र टिप टप न्यू डायमण्ड स्पोर्ट्स क्लब सहभागी छन्। पुरुष तर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, पर्वत जिल्ला भलिबल सङ्घ, पर्वत र माल्दिभ्स टिम सहभागी हुने टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले बताए ।
विजेता महिला तथा पुरुष टिमलाई समान पुरस्कार प्रदान गरिनेछ। प्रथम हुने टिमले रु. ६ लाख ६६ हजार ६६६, द्वितीयले रु. ३ लाख ६६ हजार ६६६ र तृतीयले रु. २ लाख ६ हजार ६६६ प्राप्त गर्नेछन्। साथै सर्वोत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगिता सञ्चालनका लागि करिब रु. १ करोड ८० लाख खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताबाट बचत हुने रकम स्वास्थ्य, शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा खर्च गरिने आयोजकको योजना छ। दर्शकका लागि अनलाइन टिकटिङको व्यवस्था गरिएको छ भने टिकट दर रु. ३०० तोकिएको छ। टिकट वितरण IME को सहकार्यमा हुने जनाइएको छ।
प्रतियोगिताका प्रमुख प्रायोजक एनसेल रहेका छन् भने सह–प्रायोजकमा वात्साल्य र धारा शुद्ध तोरी तेल रहेका छन्। सुरक्षाका लागि वडा प्रहरी कार्यालय रामबजारका प्रहरी तथा स्वयंसेवक परिचालन गरिनेछ। प्रतियोगिता स्थलमा डिजिटल बोर्ड, एलईडी स्क्रिन, लाइभ टेलिकास्ट तथा मिडिया व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ।
टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा १०७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। प्रतियोगिता संयोजकमा राजकुमार गुरुङ र सह–संयोजकमा डोलराज पोखरेल रहेका छन्।
आयोजकले खेलप्रेमी दर्शक, सञ्चारकर्मी तथा सरोकारवालालाई प्रतियोगितामा उपस्थित भई खेलको उत्सव सफल बनाउन आग्रह गरेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20625, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २९, सोमबार २१:५५कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट पत्रकार हितानमगर र गुरुङ सम्मानित
समाचार२०८३ असार २९, सोमबार २१:४४विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट
समाचार२०८३ असार २९, सोमबार १९:५०काउन्सिल अध्यक्ष श्रेष्ठद्वारा पदबहाली, एआईसम्बन्धी मार्गनिर्देशिका बनाएर अघि बढ्ने
समाचार२०८३ असार २८, आईतवार १६:३४सम्मानित एलेक्सा लाइफ साइन्सेसको गुनासो : १९ वर्षदेखि मूल्य समायोजन नहुँदा स्लाइन उद्योग संकटमा






