निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी

धादिङ,९ माघ
धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । माघ ७ गतेदेखी सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगितामा ९ स्वर्ण ८ कास्य ६ रजतसहित निरञ्जना माध्यमिक विद्यालय प्रथम भएको छ । यसैगरी ७ स्वर्ण ४ कास्य र ३ रजत सहित मंगलादेवी माध्यमिक विद्यालय द्धितिय र ६ स्वर्ण १२ रजत र ५ कास्य सहित कुण्डलादेवी माध्यमिक विद्यालय तृतीय भएको छ ।
प्रतियोगितामा ५ वटा माध्यमिक विद्यालयका विद्यार्थी खेलडीहरुको सहभागिता रहेको थियो ।समापन समारोहलाई सम्बोधन गर्नुहुदै गाउँपालिकाका अध्यक्ष मेधनाथ रिजालले गाउँपालिका भित्र रहेका सम्पूर्ण माध्यमिक विद्यालयका शिक्षक परिवार र विद्यार्थी भाई बहिनीहरूले जुन उत्कृष्ट अनुशासन कायम गरेर खेललाई सम्पन्न गराउन मद्दत पुर्याउनुभयो, त्यसमा सहभागी सम्पूर्ण शिक्षक शिक्षिका र विद्यार्थी भाई बहिनीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । खेल खेलाउँदा यो तीन दिन सम्ममा केही केही समस्याहरू आइपरेका छन्। ती समस्याहरूलाई आउँदो वर्ष हामी यसै गरी राष्ट्रपति रनिङ सिल्ड खेलाउँदा संशोधन सहित यहाँहरूका मनमा उठेका जिज्ञासालाई पनि मेट्दै, हल गर्ने बताउनुभयो।
यसैगरी समापन समारोहलाई सम्बोधन गर्नुहुदै गाउँपालिका उपाध्यक्ष सितामाया चोदेनले स्वास्थ्यको लागि खेलकुद भन्ने जुन नारा छ, राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद यसले खेलाडीहरुकै कारणले देशको नाम उच्चो रहने बताउनुभयो ।गाउँपालिकाले शिक्षा,स्वास्थ्य,खानेपानी लगायतको क्षेत्रलाई प्राथमिकता राखेर काम गरीरहेको भन्दै उहाँले आगामी दिनमा गाउँपालिकाका नागरिकहरुको अधिकार र सेवाको लागि आफुले काम गर्ने बताउनुभयो । प्रतियोगितामा सफल हुनुभएका विद्यार्थीहरुलाई बधाई दिदै उप बिजेता बन्नुभएका खेलाडीहरुलाई आगामी बर्षमा अझै मेहनत गरेर आउनको लागि आह्वान गर्नुभयो । कार्यक्रममा प्रवक्रा तथा वडा अध्यक्ष ठाकुर गुरुङले खेलकुद क्षेत्रको लागि आफु युवाहरुसँगै रहेको भन्दै उहाँले पालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर काम गरीरहेको बताउनुभयो । कार्यक्रममा वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,शाखा प्रमुख लगायतको आतिथ्यता रहेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार १०:४१चलचित्र ‘कुम्भ’ को एक्सन प्याक ट्रेलर सार्वजनिक
खेलकुद२०८३ जेष्ठ ११, सोमबार २३:१०पलेशाले दिलाइन् नेपाललाई कास्य
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ११, सोमबार २०:४९‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’ मा गरिमा र संदीप
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ११, सोमबार २०:०७कान्समा ऐतिहासिक सफलता हासिल गरी स्वदेश फर्कियो ‘एलिफेन्ट्स इन द फग’ टोली, विमानस्थलमा भव्य स्वागत









