Home परदेश हमास विरुद्ध सशक्त कारबाही सुरु भएको इजरायली प्रधानमन्त्रीको घोषणा

हमास विरुद्ध सशक्त कारबाही सुरु भएको इजरायली प्रधानमन्त्रीको घोषणा

3
0

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी लडाकु समूह हमासविरुद्ध सशक्त कार्बाही सुरु भएको बताउनु भएको छ ।

हवाइ हमला जारी राखे बन्दीहरुको हत्या गर्ने हमास लडाकुको धम्कीपछि इजरायलले विशेष सैन्य कारबाही थालेको जनाएको हो । बन्दी मुक्त गर्न सबै सुरक्षात्मक उपाय लगाउने प्रधानमन्त्री नेतान्याहूले बताउनु भएको छ ।

हमास लडाकु समूहको आक्रमणमा परी इजरायलतर्फ ९ सय जनाको मृत्यु भएको छ । मृतकमध्ये केही विदेशी नागरिक पनि छन् । हमासको आक्रमणमा परी इजरायलमा ११ जना अमेरिकी नागरिकको मृत्यु भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

त्यस्तै इजरायली आक्रमणमा परी करिव ७ सय प्यालेस्टिनीको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लडाकुहरुले एकसय भन्दा बढीलाई बन्धक बनाएको पनि दावी गरेका छन् ।

इजरायलले यसअघि नै गाजा क्षेत्रलाई सम्पूर्णरुपमा नियन्त्रमा लिन सेनालाई निर्देशन दिइसकेको छ । हमास समूहले सुरु गरेको आक्रमणको प्रतिकारमा लगातार रकेट हमला गरिरहेको इजरायलले गाजा क्षेत्रमा खानेकुरा, पानी, इन्धन,विदयुत लगायत सबै सेवा बन्द गर्न पनि आदेश दिएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous article‘प्रसाद २’ विवादमा ओएसआरले भन्यो- डिजिटल राइट्स खरिद गरी रकम भुक्तानी गरिसकिएको छ
Next articleनेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here