धादिङमा गणितीय हाजिरीजवाफ प्रतियोगिता आयोजना हुँदै

धादिङ,११ माघ
विद्यार्थीहरूमा गणितप्रति सकारात्मक धारणा विकास गर्ने, उच्चस्तरीय ज्ञान अभिवृद्धि गर्ने तथा प्रतिस्पर्धात्मक क्षमता बढाउर्ने उद्देश्यले गणितीय हाजिरीजवाफ प्रतियोगिता–२०८२ हुने भएको छ।गणित शिक्षा परिषद् जिल्ला शाखा धादिङले आयोजनामा फागुन ७ गते नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय, धादिङबेसी सञ्चालन हुने भएको हो ।
प्रतियोगिता छनोट चरण र अन्तिम प्रतिस्पर्धात्मक चरण गरी दुई चरणमा सञ्चालन हुनेछ। कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई लक्षित प्रतियोगितामा समूह तथा अंक गणित, बीजगणित, क्षेत्रमिति, तथ्याङ्क, स्थानान्तरण, Visual Round, Rapid Fire तथा Buzzer Round लगायतका विविध चरण समावेश गरिनेछ। Rapid Fire / Buzzer Round मा नेगेटिभ मार्किङ को व्यवस्था पनि गरिएको छ। प्रत्येक विद्यालयबाट ३ जना विद्यार्थी र १ जना गणित शिक्षक सहभागी हुन सक्नेछन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ। प्रथम पुरस्कार नगद रु. ६,०००, द्वितीय पुरस्कार नगद रु. ४,५००, तृतीय पुरस्कार नगद रु. ३,००० तथा सान्त्वना पुरस्कार नगद रु. १,५०० सहित मेडल, प्रमाणपत्र, ट्रफी र शैक्षिक सामग्री प्रदान गरिने आयोजकले जानकारी दिएको छ।आयोजक संस्थाले सहभागी हुन इच्छुक विद्यालय तथा विद्यार्थीहरूलाई फागुन १ गतेभित्र अनिवार्य सम्पर्क गर्नुपर्ने आयोजकले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १२:४१ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा








