पाल्पामा छ महिनामा थपिए सात कुष्ठरोगी

तानसेन (पाल्पा), १३ माघ । पछिल्लो छ महिनामा पाल्पामा सात जना नयाँ कुष्ठरोगी फेला परेका छन् । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सात जना नयाँ कुष्ठरोगी भेटिएका हुन् ।
सबैभन्दा बढी रामपुर नगरपालिका दुई र निस्दी गाउँपालिकामा दुई जना कुष्ठरोगी रहेका उनले जानकारी दिए । पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका, तिनाउ गाउँपालिकामा एकरएक जना कुष्ठरोगी रहेका उनले बताए ।
जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पताल र अन्य स्वास्थ्य संस्थामा बिरामीको उपचार भइरहेको छ । रम्भा गाउँपालिका, तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र माथागढी गाउँपालिकामा भने कुष्ठरोगी नरहेका निमित्त प्रमुख पोखरेलले बताए । नयाँ सात बिरामी फेला परेसँगै चालु आवको पुस मसान्तसम्ममा कुष्ठरोगीको सङ्ख्या १७ पुगेको उनले जानकारी दिए ।
७३औँ कुष्ठरोग दिवसका अवसरमा स्वास्थ्य कार्यालय पाल्पाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यालयका निमित्त प्रमुख पोखरेलले रोगको अवस्थाबारे जानकारी गराउँदै अहिले रहेका १७ मध्ये १० पुरुष र सात जना महिला रहेका उल्लेख गरे । बिरामी सबैको उपचार भइरहेको छ ।
गत आवमा पाल्पामा २१ कुष्ठरोगी फेला परेका थिए । सोही अवधिमा १८ जना नयाँ बिरामी थपिएका हुन् । उक्त आर्थिक वर्ष सबैभन्दा बढी रामपुर नगरपालिकामा पाँच जनामा कुष्ठरोग देखिएको पोखरेलले बताए । उनका अनुसार पूर्वखोला गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकामा एकरएक जना, तानसेन नगरपालिकामा तीन जना, तिनाउ गाउँपालिका, निस्दी गाउँपालिकामा चाररचार जना र माथागढी गाउँपालिकामा दुई जना कुष्ठरोगी भेटिएका थिए ।
सरकारले १६ वर्षअघि नेपालमा कुष्ठरोग निवारण घोषणा गरे पनि पाल्पासहित कपिय जिल्लामा अझै पनि कुष्ठरोगी छन् । विगतको तुलनामा कुष्ठरोगीको सङ्ख्यामा केही कमी भने आएको पोखरेलले बताए । उनले भने, “पाल्पा अहिले कुष्ठरोग निवारणको चरणमा छ । यहाँ कुष्ठरोग अन्त्य पनि भएको छैन तर विकराल समस्याका रूपमा पनि छैन ।” अहिले पनि ग्रामीण क्षेत्रमा कुष्ठरोग लागेमा लुकाउने प्रचलन रहेकाले त्यसलाई समयमा उपचार नहुँदा समस्या बढेको भन्दै उनले कुष्ठरोगको सङ्का लागेको उपचार गर्न सबैलाई आग्रह गरे ।
कार्यालयका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेका अनुसार कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्री जीवाणुले गर्दा हुने दीर्घरोग हो । यो रोगले मुख्यतः छाला, आँखा र स्नायुमा असर गर्ने उनले जानकारी दिए । चिकित्सकको सल्लाहबमोजिम नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुने जनाउँदै उनले समयमा उपचार भएमा अङ्गभङ्ग हुनबाट बच्न सकिने बताए । यो रोगको औषधि नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा निःशुल्क पाइन्छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १६, बिहीबार १४:०८एकै दिन तोलामा २० हजारले बढ्यो छापावाला सुनको मुल्य
कला, विचार/मनोरञ्जन२०८२ माघ १६, बिहीबार ११:३१फिल्म ‘शिवांश’मा कैलाश खेरको आवाज, ‘शिव ताण्डव’ गीत समावेश
समाचार२०८२ माघ १६, बिहीबार ०७:१०आजदेखी धादिङबेसीमा १० औँ धादिङ महोत्सव हुदै
समाचार२०८२ माघ १६, बिहीबार ०६:२६‘ब्रेकअप’ पछिको कथामा ‘रमिताको पिरती’






