छापा माध्यमका सम्पादकसंग प्रेस काउन्सिल

छापा माध्यमका सम्पादकसंग प्रेस काउन्सिल

काठमाडौँ, १४ ।

प्रेस काउन्सिल नेपालमा विभिन्न छापा माध्यमका सम्पादकसंग ‘पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता गर्दै काउन्सिलका अध्यक्ष डा.कुमार शर्मा आचार्यले काउन्सिल पत्रकारलाई सजाय दिन नभइ प्रेस स्वतन्त्रताको संरक्षण गर्दै सुधार गर्न सधैँ सक्रिय रहेको बताउनुभयो । पत्रकार तथा निर्वाचन आचारसंहितामा प्रतिबद्ध रहन आग्रह गर्दै उहाँले आफूले काउन्सिललाई विगतमा भन्दा फरक ढंगले लैजान चाहेको बताउँदै पत्रपत्रिका वितरण सम्परीक्षण (वर्गीकरण), पुरस्कार लगायतका विषयलाई अझ व्यवस्थित बनाउन लागिएको जानकारी दिनुभयो । अध्यक्ष आचार्यले काउन्सिललाई अझ प्रभावकारी रूपले अगाडि बढाउन सम्पादकहरूसँग सुझाव दिन अनुरोध गर्नुभयो ।

छापा माध्यमका सम्पादकसंग प्रेस काउन्सिल

नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुईंटेलले कि नोट स्पिकरका रूपमा राष्ट्रिय/अन्तर्राष्ट्रिय उदाहरणसहित पत्रकार आचारसंहिता, निर्वाचन आचारसंहिता र मिडियाको भूमिका विषयमा आफ्नो प्रस्तुति राख्नुभएको थियो । उहाँले तथ्यगत पुस्ट्याँइबेगरका सामग्री सम्प्रेषण गर्न नहुने धारणा राख्दै निर्वाचनका समयमा सबै दल र उम्मेदवारलाई समान किसिमबाट कसरी समेट्न सकिन्छ भन्नेमा ध्यान दिनुपछ भन्नुभयो । उहाँले सम्पादकहरूसमक्ष पूर्वाग्रही नभइ समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले छापा सञ्चार माध्यमका सामग्रीका पछिल्ला प्रवृत्ति र काउन्सिलमा परेका उजुरीबारे जानकारी गराउनुभएको उक्त कार्यक्रममा निर्वाचन आयोगका उपसचिव कुलबहादुर जिसीले निर्वाचन आचारसंहितामा सञ्चार माध्यम, सञ्चारकर्मी तथा पत्रकारले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको व्यवस्था, निर्वाचनका समयमा आकर्षित हुने अन्य कानुनलगायतका विषयमा ध्यान दिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा गोरखापत्र राष्ट्रिय दैनिकका प्रधानसम्पादक जुनारबाबु बस्नेत, राजधानी दैनिकका सम्पादक डिल्ली आचार्य, ताजाखबर साप्ताहिकका ईश्वरी वाग्ले, मध्यान्ह दैनिकका जनक नेपाल, आदर्श समाज दैनिकका कृष्ण प्रसाद बास्तोला, विजयपुर साप्ताहिकको सम्पादक गंगा पौडेल बराल, अग्निचक्र मासिकका सम्पादक लक्ष्मीनारायण भट्टराई, तामाकोशी साप्ताहिकका सम्पादक रामचन्द्र बस्नेत, द पब्लिकका सम्पादक बिणा सिन्हा, देश विकास साप्ताहिकका सम्पादक रामकृष्ण पौडेल, नविन सन्देश मासिकका सम्पादक कल्पना शर्मा, पूर्ण मासिकका सम्पादक सम्झना बन, तामाङ डाजाङ मासिकका अर्जुनबहादुर तामाङले सञ्चार माध्यम जिम्मेवार हुँदाहुँदै पनि सबैलाई छापा माध्ययममा समान ठाउँ दिन नसकिएको, घृणास्पद अभिव्यक्ति रोक्न निर्वाचन आयोगले तत्काल अनुगमन गरेर सचेत गराउनुपर्ने, पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालनमा सम्पादकहरू नै जिम्मेवार बन्नुपर्ने र गल्ती भए तत्काल सच्याउनुपर्ने, काउन्सिल र आयोगले समाचार विश्लेषण र रिर्पोटिङलाई छुट्याएर÷बुझेर अनुगमन गर्नुपर्ने, मतदातालाई भ्रममा नपार्ने गरी समाचार सम्प्रेषण गर्नुपर्ने, निर्वाचन आयोगले पत्रकारसँग दोहोरो सम्बन्ध बढाउन निर्वाचनसम्बन्धी विज्ञापन समान रूपमा वितरण गर्नुपर्ने विषयमा आ–आफ्नो धारणाा राख्नुभएको थियो ।

काउन्सिलका सदस्य एवं छापामाध्यमका फोकल पर्सन पदमराज जोशीले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले सामाजिक सञ्जालसम्बन्धी अनुगमनका सन्दर्भमा उठेका जिज्ञासाको सम्बोधन गर्दै आचारसंहिताका विषय र पछिल्ला प्रवृत्तिबारे जानकारी गराउनुभएको थियो ।

काउन्सिलका सदस्यहरू कुमारी निमा काफ्ले, नकुल अर्याल, बालकृष्ण अधिकारी, शन्तराम बिडारी, काउन्सिलका सदस्य सचिव छबीन्द्र पराजुली, मुख्य अधिकृत झबिन्द्र भुसालको उपस्थिति रहेको उक्त कार्यक्रममा जनजिब्रो साप्ताहिक, गौरी मासिक, आर्थिक संसार, तरुण साप्ताहिकका तर्फबाट केदारनाथ गौतम, अर्जुन लामिछाने, शिव बस्नेत, कालिका महतले प्रतिनिधित्व गर्नुभएको थियो ।

केही दिनअघि रेडियो/टिभीका सम्पादकहरूसँग पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिकामा केन्द्रित रहेर छलफल गरेको काउन्सिलले अन्य विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग पनि यसै सन्दर्भमा छलफल गर्दै जाने जनाएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2026/01/28/11449/, www.presscouncilnepal.gov.np

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   9   =  

Protected by Spam Master