चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष तथा चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ। काठमाडौं ग्राण्डी अस्पतालले विज्ञप्ति जारी गर्दै उनको आज दिउँसो १२:४५ बजे उपचारका क्रममा निधन भएको जानकारी दिएको हो।

सिटौला अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचार कार्यक्रममा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए। त्यसपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याई ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो।
वि.सं. २०३७ साल कार्तिक ५ गते नुवाकोटमा बुवा गोकर्णराज सिटौला र आमा स्वर्गीय खेमकुमारी सिटौलाको तेस्रो सन्तानका रूपमा जन्मिएका सिटौला डेढ दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय थिए। उनी ‘द सिनेमा टाइम्स डट कम’ का सञ्चालकसमेत रहेका थिए।

चलचित्र पत्रकार संघ नेपालमा उनले सचिव (२०७०–२०७३), उपाध्यक्ष (२०७३–२०७६) र अध्यक्ष (२०७६–२०७९) का रूपमा जिम्मेवारी सम्हालेका थिए। हाल उनी संघका निवर्तमान अध्यक्ष तथा सल्लाहकारको भूमिकामा सक्रिय थिए।

मिलनसार र सहयोगी स्वभावका सिटौला अविवाहित थिए। पत्रकारिताका क्रममा उनले विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए। उनको निधनप्रति चलचित्र पत्रकारिता तथा समग्र नेपाली चलचित्र क्षेत्र स्तब्ध बनेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  ‘गौँथली’ को पोस्टरमा अरुण र सिम्रनको विवाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   8   =  

Protected by Spam Master