निरन्तर ५० वर्षसम्म प्रकाशन भएका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ प्रदान गरिने


काठमाडौँ ।
प्रेस काउन्सिल नेपालले निरन्तर ५० वर्षसम्म प्रकाशन भएका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ प्रदान गर्ने भएको छ । धादिङ जिल्लाको सल्यानटारमा माघ १७ गते बसेको काउन्सिल बोर्ड बैठकले ‘निरन्तर ५० वर्षसम्म प्रकाशन भएका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ प्रदान गर्ने’ निर्णय गरेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा काउन्सिलद्वारा प्रदान गरिने विभिन्न पुरस्कारलाई थप पारदर्शी, प्रभावकारी बनाउन पुरस्कारसम्बन्धी कार्यविधिमा सुधार/परिमार्जन गर्ने निर्णय भएको उल्लेख छ ।
बोर्डका निर्णय सार्वजनिक गर्दै विज्ञप्तिमा भनिएको छ, ‘बैठकमा यसै आर्थिक वर्षको हालसम्मको कार्यक्रम, प्रगति, थप कार्यक्रमसहित निर्वाचन आचारसंहिता र आमसञ्चार क्षेत्रका समसामयिक विषयमा छलफल भयो ।’ निर्वाचन आचारसंहिता जागरण अभियान धादिङबाट शुभारम्भ गर्ने गरी काउन्सिल बैठकले विभिन्न निर्णय गरेको हो ।
पहिलोचरणमा सात प्रदेशका प्रमुख सहरमा निर्वाचन आचारसंहिता र मिडिया विषयक कार्यक्रम सञ्चालन गर्ने तथा अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय भएको काउन्सिलले जनाएको छ । बोर्ड बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधि–सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्णरूपमा कार्यान्वयन गर्न/गराउन सम्बन्धित सबैमा अपिल गर्ने निर्णय समेत गरेको छ ।
बैठकपश्चात् माघ १८ गते धादिङबेसीमा विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधि, स्थानीय शैक्षिक एवं सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार तथा बुद्धिजीवीहरूको सहभागितामा ‘निर्वाचन आचारसंहिता र मिडिया विषयक अन्तरक्रिया कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2026/02/05/11533/, www.presscouncilnepal.gov.np
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २१, बुधबार १०:४०‘कोडदेखि कांग्रेससम्म’ अवधारणासहित ई. सुदर्शन शर्माको केन्द्रीय सदस्यमा उम्मेदवारी
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’
समाचार२०८३ आश्विन १९, सोमबार ११:४३गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
समाचार२०८३ आश्विन १९, सोमबार १०:५०फेवा ड्यामको दिगो संरक्षण र ढल निर्माणलाई प्राथमिकता दिन १७ का बासिन्दाको माग








