नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ, २१ असोजः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अङ्कले घटेर दुई हजार ५७२ दशमलव ३४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६३ अङ्कले घटेर ४६१ दशमलव २२ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक शून्य दशमलव २६ अङ्कले घटेर १७७ दशमलव ४५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव १९ अङ्कले घटेर १५५ दशमलव ६५ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड तीन लाख ६८८ कित्ता सेयर रु तीन अर्ब ७४ करोड ८० लाख ८० हजार ३०३ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये एक उपसमूह बढ्यो भने १२ उपसमूह घटेको छ । आज १०० कम्पनीको शेयर बढ्यो भने १६७ कम्पनीको शेयर घट्यो । त्यसैगरी १२ कम्पनीको शेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज घलेम्दी हाइड्रोपावर, एनआईसी एसिया ब्यालेन्स फण्ड, इङवा हाइड्रोपावरलगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी ग्लोबल आईएमई समुन्नत योजना, एसबिएल डिबेञ्चर र मेगा म्युचुअल फण्डलगायतका लगानीकर्ताले गुमाएका छन्

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  भूमिहीन समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री शाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   8   =