भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा « रिपोर्टर्स नेपाल

नारायणगढ (चितवन), २१ असोज । भरतपुर अस्पतालमा स्वरसम्बन्धी समस्या भएका बिरामीका लागि (भ्वाइस थेरापी) स्वर उपचार सेवा सुरु गरिएको छ ।
अस्पतालका श्रवण, बोली तथा भाषा विशेषज्ञ सुश्मा लामिछानेका अनुसार आवाजमा परिवर्तन आउने, स्वर बस्ने वा भासिने, लामो समयसम्म घाँटीमा असहज महसुस हुने, बोल्दा स्वर थाक्नेलगायत समस्या भएका बिरामीले उक्त सेवा लिन सक्नेछन् ।
उनले भने, “स्वर उपचार, बोली उपचार र भाषा उपचार फरक–फरक सेवा हुन् । स्वरसम्बन्धी समस्याको कारण पहिचान गरी बिरामीको आवश्यकताअनुसार उपचार योजना बनाइ सेवा प्रदान गरिन्छ ।”
घाँटीमा रहेको स्वरयन्त्रको पर्दाको कम्पनबाट आवाज उत्पन्न हुने भएकाले त्यहाँ गाँठो, सानो मासु पलाउने वा अन्य समस्या भएमा आवाजमा परिवर्तन आउन सक्ने विशेषज्ञ लामिछाने बताउँछन्। स्वरयन्त्रका पर्दा पूर्ण रूपमा जोडिन नसक्दा पनि आवाज कमजोर वा अस्वाभाविक हुनसक्ने उनको भनाइ छ ।
विशेषज्ञ लामिछानेका अनुसार स्वरयन्त्रको पक्षाघात, स्नायु प्रणालीसँग सम्बन्धित स्वर समस्या तथा मानसिक कारणबाट उत्पन्न स्वर समस्यामा पनि आवश्यकताअनुसार उपचार गर्न सकिने छ । पुरुषमा असामान्य रूपमा पातलो आवाज हुने तथा महिलामा अपेक्षाकृत मोटो वा गहिरो आवाज हुने समस्यामा पनि स्वर उपचार उपयोगी हुने उनले बताए ।
स्वर उपचार सुरु गर्नुअघि समस्याको कारण पहिचान गर्नु आवश्यक हुने भएकाले सेवा लिन आउने बिरामीले सुरुमा अस्पतालको नाक, कान तथा घाँटी विभागको परामर्श लिनुपर्नेछ ।
सोही परामर्शका आधारमा चिकित्सकको मूल्याङ्कनपछि आवश्यकताअनुसार घाँटी तथा स्वरयन्त्रको भित्री अवस्था हेर्न विशेष परीक्षण गरिनेछ ।
अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले स्वरसम्बन्धी समस्या भएका बिरामीलाई समयमै परीक्षण, परामर्श तथा उपचारको व्यवस्था गर्न स्वर उपचार सेवा सुरु गरिएको जानकारी दिए ।
उनले भने, “बिरामीले लामो समयसम्म स्वरमा समस्या भइरहेमा सामान्य रूपमा नलिई चिकित्सकीय परामर्श लिनुपर्छ । कारण पहिचान गरेर समयमै उपचार गर्न सकेमा समस्या न्यूनीकरण गर्न सहयोग पुग्छ । अस्पतालले आगामी दिनमा बोली तथा भाषा उपचारको सेवालाई थप गुणस्तरीय रूपमा विस्तार गरिने जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ कार्तिक १८, मंगलवार ११:१४पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आजपनि बन्द
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक १८, मंगलवार १०:२५पहिलो संस्करणको काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ४० चलचित्र प्रदर्शन
खेलकुद२०८३ कार्तिक १७, सोमबार २१:०५चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्सको दोस्रो जित
स्वास्थ्य/जानकारी टिप्स२०८३ कार्तिक १७, सोमबार २०:५९पुस १ देखि स्वास्थ्य बीमा सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य









