धादिङबेशीमा सहकारी संस्थाहरूको दुई दिने क्षमता अभिवृद्धि तालिम

धादिङबेशी । जिल्ला सहकारी संघ धादिङको आयोजनामा सहकारी संस्थाहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । धादिङबेसी स्थित जिविका होटलमा दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको हो ।
तालिममा २९ वटा सहकारी संस्थाबाट ४० जना सहभागीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण राजकुमार श्रेष्ठ र कविन्द्र धौबन्जरले गर्नुभएको थियो । त्यस्तै, कार्यक्रम सञ्चालन जिल्ला सहकारी संघका सचिव गोपाल गुरुङले गर्नुभएको जिल्ला सहकारी संघ धादिङका कोषाध्यक्ष राम बहादुर आले मगरले जानकारी दिनुभयो ।
जिल्ला सहकारी संघ धादिङका अध्यक्ष रङ्ग बहादुर थपलियाको सभापतित्वमा भएको कार्यक्रममा सहकारी विकास तथा गरिबी निवारण मन्त्रालयका प्रशिक्षक भीम बहादुर पाख्रिनको प्रमुख आतिथ्यमा रहेको थियो।
कार्यक्रममा संघका सञ्चालकहरू हरि घिमिरे, कृष्ण प्रसाद पोख्रेल र गायत्री खतिवडा लगायतको उपस्थिति रहेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ४, शुक्रबार ०७:०९वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
समाचार२०८३ बैशाख ४, शुक्रबार ०६:०३घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ३, बिहीबार २०:१५केएमसीलाई मस्तिष्कसम्बन्धी जटिल रोगको उपचारमा अर्को सफलता
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ३, बिहीबार १८:४८पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’ को पत्रकार सम्मेलन सम्पन्न







