धादिङ–२ का एमाले उम्मेदवार धनबहादुर घले चैनपुरमा बुढीगण्डकी प्रभावितसंग छलफल

धादिङ, माघ २३ गते ।
धादिङ–२ का नेकपा एमाले उम्मेदवार धनबहादुर घले चैनपुर स्थित बुढीगण्डकी प्रभावितसंग छलफल गर्नुभएको छ ।
बुढीगण्डकी जलासययुक्त १२ सय मेगावाटको जलविद्युत परियोजना निर्माणमा ढिलाई भएको, मुआब्जा पाएपनि नागरिकको पुनरबासको व्यवस्थापन नभएको सम्बन्धमा ज्वालामूखी गाउँपालिका वडा नम्बर ७ चैतपुर क्षेत्रका नागरिकले एमाले उम्मेदवारलाई प्रश्न गर्दै जनताको माग सरकारसंग पुर्याउन र समस्या समाधान गर्न आग्रह गरेका थिए ।
एमाले उम्मेदवार घलेले बुढीगण्डकी जलविद्युत परियोजना एमालेमा जलश्रोतमन्त्री तथा उर्जामन्त्री गोकर्ण विष्टहुँदा सुरु गरिएको भन्दै एमालेले सरकार बनाएर परियोजना पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विस्थापितहरुलाई पुनर्वास गराउन र जलविद्युत परियोजना निर्माणका लागि आफूले निर्वाचित भएपछि कार्यान्वयन गराउन सबै किसिमको शक्ति लगाउने बताउनुभयो ।
नागरिकहरुको माग अनुसार प्रतिनिधिसभाले निति र कानून बनाउने बताउँदै गाउँको विकासको सडक, खानेपानी, शिक्षा स्वास्थ्यको नागरिकको पहुँचमा ल्याउने र विकासमा पहल गर्ने बताउनुभयो ।
मतदाता भेटघाटमा ज्वालामूखी गाउँपालिका काउलेडाँडा, सालबास, भदौरे, ढोडेनी लगायतका बस्तीहरु पुगेर मतदातालाई भेटघाटगरि सम्बोध गर्नुभयो ।
उम्मेदवार घलेसंग नेकपा एमाले केन्दीय सदस्य खेम लोहनी, नेकपा एमाले जिल्ला अध्यक्ष अर्जुन गोर्खाली, उपसचिव भक्त लामीछाने, लगायतका नेताहरु सहभागि रहनुभएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २८, मंगलवार ०८:०२धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा
खेलकुद२०८२ माघ २८, मंगलवार ०७:३९इण्डो-नेपाल टी-२० च्यासिम्पयनसीपः लखनउ र डडेल्धुरा सेमिफाइनलमा
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार ०७:१२पोखरा, काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य « रिपोर्टर्स नेपाल
समाचार२०८२ माघ २८, मंगलवार ०६:०२कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती







