बाँकेमा एचपिभी खोप लगाउन सुरु « रिपोर्टर्स नेपाल

बाँकेमा एचपिभी खोप लगाउन सुरु « रिपोर्टर्स नेपाल

नेपालगञ्ज, २६ माघ । बाँकेका तीन स्थानीय तहमा पाठेघरको क्यान्सरविरुद्ध एचपिभी खोप लगाउन सुरु भएको छ । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सो खोप लगाउन सुरु गरिएको जिल्ला स्वाथ्य कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले अहिलेसम्म नेपालगञ्जमा १३२, बैजनाथमा १४१ र खजुरामा १८४ जनालाई पाठेघरको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइएको जानकारी दिए ।

जिल्लामा विद्यालय जाने ६ हजार ५३१ र विद्यालय नजाने दुई हजार ५३ गरी कूल आठ हजार ५८४ जनालाई एचपिभी खोप लगाउने लक्ष्य निर्धारण गरिएको छ ।

त्यसमध्ये पनि राप्तीसोनारी गाँउपालिकामा ७२० जना, कोहलपुर नगरपालिकामा एक हजार ७०६ जना, बैजनाथ गाउँपालिकामा ८८० जना, एक हजार १९ जना, जानकी गाँउपालिकामा ६७२ जना, नेपालगञ्ज उपमहानगरपालिकामा दुई हजार ४२४ जना, डुडुवा गाउँपालिकामा ४४१ जना र नरैनापुर गाँउपालिकामा ७२१ जनालाई सो खोप लगाइने छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको कोहलपुर नगरपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा आजदेखि र जानकी गाउँपालिकामा २७ गते सो खोप लगाइने छ ।

खासगरी कक्षा ६ मा अध्ययन गर्ने छात्रा, विद्यालय नजाने १० वर्षका किशोरी र गत वर्ष सञ्चालित एचपिभी खोपको लागि निर्धारण लक्षित समूह किशोरी तथा छात्रामध्ये खोप लगाउन छुटेका हाल कक्षा ७ देखि १० कक्षासम्म अध्ययनरत छात्रा र ११ देखि १४ वर्ष उमेरका किशोरीलाई खोपको लक्षित समूह मानिएको छ ।

नेपालमा औसतमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरका कारण चार जना महिलाको मृत्यु हुने गरेको बताइएको छ । गत वर्ष बाँकेमा ३३ हजार ७५९ जनालाई सो खोप लगाइएको थियो । सो खोप माघ २५ गतेदेखि फागुन ४ गतेसम्म लगाइने छ । रासस

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   8   =  

Protected by Spam Master