धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

धादिङ,२७ माघ
धादिङ क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसबाट उम्मेदवार बन्नुभएका केन्द्रीय सदस्य रमेश प्रसाद धमला यतिबेला घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहनुभएको छ। पार्टीभित्र स्पष्ट वक्ता र प्रखर युवा नेताको छवि बनाएका धमला चुनावी मैदानमा भने संगठन विस्तार र जनविश्वास सुदृढीकरणमा केन्द्रित देखिनुभएको छ।विद्यार्थी राजनीतिबाट उदाएका धमलाले पार्टीको विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै केन्द्रीय सदस्यसम्मको यात्रा तय गर्नुभएको हो। लामो समयदेखि जिल्ला तथा केन्द्रबीच समन्वयकारी भूमिकामा सक्रिय उहाँलाई संगठन निर्माणमा सक्षम र धारणा स्पष्ट राख्ने नेताका रूपमा हेरिन्छ। धादिङ–२ मा काँग्रेसको परम्परागत आधारलाई जोगाउँदै नयाँ मतदाता समूह आकर्षित गर्नु उहाँको मुख्य चुनौती हुनेछ।

मतदाता भेटघाटका क्रममा धमलाले पूर्वाधार विकास, शिक्षा–स्वास्थ्यमा गुणस्तरीय सेवा, कृषि आधुनिकीकरण र युवालाई रोजगारी सिर्जना आफ्नो प्राथमिकता रहेको बताउँदै आउनुभएको छ। “राजनीति नाराभन्दा परिणाममुखी हुनुपर्छ,” भन्ने सन्देश दिँदै उहाँले सुशासन र पारदर्शितालाई मुख्य एजेण्डा बनाउने वाचा गर्नुभएको छ।बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दासँगको संवादमा उचित मुआब्जा, पुनर्स्थापना र दीर्घकालीन आर्थिक अवसर सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभएको छ। साथै ग्रामीण सडक स्तरोन्नति, खानेपानी र सिँचाइ व्यवस्थालाई योजनाबद्ध ढंगले अघि बढाउने योजना प्रस्तुत गर्नुभएको छ।

धादिङ–२ मा विगतका चुनावी परिणाम, स्थानीय मुद्दा र दलगत प्रतिस्पर्धाको अवस्थालाई हेर्दा यसपटक प्रतिस्पर्धा कडा हुने आँकलन गरिएको छ। यस्तो अवस्थामा धमलाले आफ्नो केन्द्रीय पहुँच र युवा नेतृत्वको छविलाई मतमा रूपान्तरण गर्न सक्नु नै निर्णायक हुनेछ।धमलाको चुनावी रणनीति संगठन सुदृढीकरण, मुद्दामुखी बहस र प्रत्यक्ष जनसम्पर्कमा आधारित देखिन्छ।मतदाताले उहाँको प्रतिबद्धता र विगतको राजनीतिक भूमिकालाई कसरी मूल्याङ्कन गर्छन् भन्ने विषय नै आगामी परिणामको मुख्य आधार बन्नेछ।मतदाता भेटघाटको लागि धमला आज त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ मा रहनुहुने नेपाली काँग्रेस धादिङले जानकारी दिएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   3   =  

Protected by Spam Master