उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै

उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै

गाईघाट (उदयपुर), २७ माघ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि उदयपुरमा ‘एचपिभी’ खोप अभियान सञ्चालन गरिएको छ । जिल्लाका आठ पालिकामा कक्षा ६ मा अध्ययनरत ११ देखि १४ वर्ष उमेरका चार हजार ४३८ बालिकालाई एचपिभी खोप दिन सुरुआत गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सोमबारदेखि जिल्लाका ती पालिकामा नै खोप सञ्चालन गरिएको र यही फागुन २९ गते खोप कार्यक्रम सम्पन्न गरिने छ । यसभन्दा अघिल्ला वर्षहरूमा यहाँका १८ हजार बालिकामा एचपिपी खोप दिने कार्य सम्पन्न भइसकेको र यसपटक यसपटक नियमित र विगतका वर्षहरूमा छुटेका गरी चार हजार ४३८ बालिकालाई खोप लगाउने लक्ष्य राखिएको खोप सुपरभाइजर चिरञ्जीवी निरौलाले बताए ।

यसका लागि जिल्लामा प्रत्येक सरकारी तथा निजी विद्यालयमा ३९४ खोप केन्द्र स्थापना गरेर ३६४ स्वास्थ्यकर्मी र ३९४ स्वयंसेवक परिचालन गरिएको छ । भविष्यमा हुने पाठेघर र स्तन क्यान्सरबाट बच्न बालिकाहरूलाई खोपले सहयोग गर्ने जनाइएको छ । रासस

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   3   =  

Protected by Spam Master